टोखा नगरपालिकाले दैनिक ज्यालादारी मजदुरी गर्ने व्यक्तिहरुलाई राहत दिने
कपन अनलाइन
काठमाडौं ,चैत १५।
टोखा नगरपालिकाले नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुलाई राहत दिने भएको छ ।
यसका लागि नगर प्रमुख प्रकाश अधिकारीले आफु बसोबास गरिरहेका गरिव तथा विपन्न नागरिकले वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य एवम् कार्यालयमा उपस्थित कर्मचारीलाई नाम टिपाउन अनुरोध गरेका छन ।
नेपाल सरकारले यस्ता नागरिकको विवरण संकलन गरि तथ्यांक तयार पार्ने निर्देशनका आधारमा त्यस्ता नागरिकको विवरण संकलन तीव्र पार्न जनप्रतिनिधिलाई नगरपालिकाले निर्देशन दिएको छ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाभित्र बसोबास गरी दैनिक ज्याला मजदुरी खाने कोही पनि व्यक्तिहरुलाई भोकै नराख्ने उद्देश्यका साथ नगरपालिका ले राहत दिन लागेको प्रमुख अधिलारिले बताएका छन ।
यसका साथै नगरपालिकाले खाद्यान्न लगायत अत्यावश्यक सामानको अभाव भएका नगरबासीहरुलाई आफ्नो वडाको जनप्रतिनिधिलाई सम्पर्क गर्न अपिल गरेका छन।