टोखा र बुढानिलकण्ठ नगरपालिका कोरोना नियन्त्रण अभियानमा नेपाली सेनाको साथ
कपन अनलाइन
काठमाडौं ,चैत १५।
बुढानिलकण्ठ र टोखा नगरपालिकालाई कोरोना कोभिड १९ भाइरसको प्रकोप नियन्त्रण र अन्य आवस्यक तयारीका लागि नेपाली सेनाले सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेको छ ।
नेपाली सेनाको दि फ्रेम महेन्द्र दल (गणपति गण)का गणपति दिपक कोइराला सहितको टोलीले बुढानिलकण्ठ र टोखा नगरपालिकाका प्रमुखलाई भेटि सहयोगका वारेमा छलफल गरेका थिए।
शुक्रबार टोखा नगरपालिका प्रमुखको कार्यकक्षमा भएको दुईपक्षीय छलफलमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण लागि टोखा नगरपालिकामा भैरहेको तयारी तथा भावि रणनीतिका बारेमा नगर प्रमुख प्रकाश अधिकारीले गणपति गणका प्रतिनिधिलाई जानकारी गराएका थिए ।
तयस्तै उनले नेपाल सरकारले गरेको लकडाउनको अवज्ञा गरेर शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र उश्रृखल युवाहरुको प्रवेश बढिरहेको जनगुनासो गाएको भन्दै भविष्यमा हुनसक्ने सम्भावित दुर्घटनालाई रोक्न निकुञ्ज र त्यसका आसपास प्रवेश तथा हिडदुल गर्नेहरुमा निगरानी र कडाई गर्न नगरप्रमुख अधिकारीले आग्रह समेत गरेका थिए ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा भएको छलफलमा आपतकालीन व्यवस्थापनमा नेपाली सेनाको भूमिका र सक्रियताका वारेमा छलफल भएको थियो।
दुवै छलफलमा गणपति कोइरालाले यो महामारीको समयमा दुवै नगरपालिकाले नेपाली सेनाको तर्फ बाट हरेक किसिमको सहयोग प्राप्त गर्ने प्रतिवादत्ता जनाएका थिए ।