लकडाउनको अवस्था अनुगमनमा काठमाडौं -१५ का जनप्रतिनिधिहरु
कपन अनलाइन
काठमाडौं ,चैत १४।
काठमाडौं महानगरपालिका वडा नं १५ का जनप्रतिनिधि तथा समाजसेवीहरुले सरकारको लकडाउन निर्णय पालना गरि घर भित्रै बसिदिन अनुरोध गरेका छन।
काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वर मान डंगोलको नेतृत्वमा कामपा १५ वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, अनिता परियार, नेपाली सेना र स्थानीय समाजसेवीहरु टोलीबाट बजार तथा लकडाउनको अवस्था अनुगमन गरिएको थियो ।
उक्त अवसरमा वडामा विपदको समयमा गर्नुपर्ने आवस्यक तयारीका वारेमा छलफल गर्दै वडावासीलाई कुनै पनि आपतकालीन सहयोग आवस्यक परेमा जनप्रतिनिधि तथा सुरक्षा निकाय तयार अवस्थामा रहेको वडाले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।