कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि बुढानिलकण्ठका सडकमा १३ वटै वडाका जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौं ,चैत १४।
विश्व महामारीका रुपमा विश्वलाई आतङ्कित तुल्याएको कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण नियन्त्रणका लागि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि आफै जोखिम मोलेर जनताको सेवामा सक्रिय बनेका छन।
वडा नं ५ मा वडा अध्यक्ष र सदस्यको साथमा डिसइन्फेक्टन्ट छर्किँदै।
त्यस्तै बूढानीलकण्ठ नगरपालिकाले नगरका सरकारी, निजि तथा गैर सरकारी निकायहरु लगायत विभिन्न तहसँग समन्वय तथा सहयोगको लागि अपिल गरिरहेको छ।
वडा नं १ मा वडा अध्यक्ष, वडा सदस्य र संयंसेवकको साथमा डिसइन्फेक्टन्ट छर्किँदै।
यसै सिलसिलामा बूढानीलकण्ठ नगरपालिका र पशु शाखाको सहयोग र साथमा नेपाल लकडाउनको तेस्रो दिन देखि डिसइन्फेक्टेन्ट कार्यलाई निरन्तर जारि राखेको छ ।
नगरपालिका वरपर नगर प्रमुख र वडा अध्यक्षहरुको उपस्थिति र सहयोगमा छर्कन सकेपश्चात् अन्य हरेक वडामा छर्किने काम तिब्र गतिमा भईरहेको छ।
अहिलेको समयमा व्यक्तिहरु लकडाउनमा रहेको रहँदा पनि नगरपालिकाका हरेक वडाका अध्यक्ष र वडा समिति तथा स्वयंसेवकहरुको साथमा सक्रिय बनेका छन्।
वडा नं ८ मा वडा अध्यक्ष र सदस्यको साथमा डिसइन्फेक्टन्ट छर्किँदै।
अहिले सम्मको जानकारी अनुरुप बूढानीलकण्ठ नगरपालिकाका वडा १, २, ३, ५, ८, ११, १२, १३ का विभिन्न भिडभाड हुने स्थानहरुमा औषधी छर्कने कार्य भईरहेको र कतिपय ठाउँहरुमा छर्किने कार्य सकिसकेको छ। यस्तो परिस्थितिमा अरुको मुख ताकेर बस्नु भन्दा विभिन्न सुरक्षाका उपायहरु अपनाएर वडाका अध्यक्ष, सदस्य र स्वयंसेवकहरुको साथमा वडाका विभिन्न ठाउँहरुमा आौषधि छरिएको छ।
युवानिलकण्ठका एक सदस्य बूढानीलकण्ठको एक वडामा औषधि छर्कँदै
वडा नं ११ मा वडा अध्यक्ष र सदस्यको साथमा डिसइन्फेक्टन्ट छर्किँदै।
वडा नं ३ मा वडा अध्यक्ष र सदस्यको साथमा डिसइन्फेक्टन्ट छर्किँदै।
वडा नं १३ वडा वरपर डिसइन्फेक्टन्ट छर्किँदै।