कोरोना भाइरस कोभिड १९ को प्रकोप बाट बच्न बुढानिलकण्ठ – १२ को अपिल
कपन अनलाइन
काठमाडौं ,चैत १४
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा कोरोना भाइरस कोभिड १९ ले प्रकोप बाट बच्नका लागि विभिन्न तयारी गरिएको जानकारी दिदै आवस्यक सहयोग गर्नका लागि वडावासी तथा सामाजिक संघ संस्था संग अपिल गरेको छ ।
वडा अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा भएको तयारी बैठकमा नगर कार्यपालिका सदस्य शान्ता ढकाल ,वडा सदस्य पुरुषोत्तम नेपाल ,वडा सदस्य डिल्ली प्रसाद खतिवडा ,वडा सदस्य मीना बयलकोटी ,नेकपा बुढानिलकण्ठ १२ का अध्यक्ष माधव भट्टराई लगायतको उपस्थिति रहेको थियो।
सो बैठकले चैत १२ र १३ गते वडामा भएको बजार अनुगमनका वारेमा समिक्षा गर्दै विभिन्न निर्णय गरेको छ । उक्त बैठकले वडामा पछिल्लो समयमा विदेस बाट आएका नागरिकहरुको विवरण संकलन गर्न माधव भट्टराई ,सावित्रा भट्टराई र रामशरण सापकोटा रहेको समिति गठन गरि संघ संस्था परिचालन निर्णय गरेको छ ।
त्यस्तै सो बैठकले नियमित बजार अनुगमन गर्दै कालोबजारी गर्नेलाई सुरक्षा तथा संचार संस्थाको उपस्थितिमा जनप्रतिनिधिले सचेत गराउने र अटेर गरे आवस्यक कारवाही गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
वडाका दुर्गा मन्दिर ,तेन्जिंग चोक ,बालकुमारी चोक ,फैका , खरिबोट लगायतका मानव आवतजावत बढी हुने स्थानमाहरुमा किटनाशक औसधि छर्कने काम सकिएको जानकारी दिदै वडाले कुनै पनि किसिमको आपतकालीन अवस्था परेको खण्डमा वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।
वडा कार्यालयमा रहेको सहरी स्वास्थ्य केन्द्र दिनभर खुल्ला रहने जानकारी गराउदै वडाले कुनै सहयोग चाहिए निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
१.शम्भु भट्टराई -९८५१०४३६१५
२. शान्ता ढकाल :९८४९०१७९९३
३.पुरुषोत्तम नेपाल : ९८४१२८५६५६
४.डिल्ली प्रसाद खतिवडा :९८४१६१३५१५
५.मीना बयलकोटी :९८४०४७०४५४
६. माधव भट्टराई :८९५१०२४७६७
७. सावित्रा भट्टराई: ८८४१२९४०१५
८.रामशरण सापकोटा :९८५११४०८२८