चुनिखेलकाे करूणा हस्पिटलले काेराेना उपचारदेखि पिपिइसम्म बनाउँदै

चुनिखेलकाे करूणा हस्पिटलले काेराेना उपचारदेखि पिपिइसम्म बनाउँदै

कपन अनलाइन

काठमाडौं ,चैत १४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेकाे करूणा हस्पिटलले काेराेनकाे न्यूनतम उपचार, क्वारेन्टाइन तथा आइसाेलेसनका लागि आफू तयार रहेकाे बताएकाे छ । अस्पतालका प्रमुख डा रामकुमार श्रेष्ठले काेराेनका सम्भावित उपचारकाे प्रकृया क्वारेन्टाइन तथा आइसाेलेसनकाे लागि हस्पिटल तयार रहेकाे बताएका छन् । काठमाडाैँ खबरसँग कुरा गर्दै श्रेष्ठले हस्पिटलले पिपिइ लुगासमेत बनाएर अन्य स्वास्थ्य संस्थामा समेत दिइरहेकाे बताए ।

डा श्रेष्ठले काेराेनाकाे सम्भावित महामारीमा आफ्नाे हस्पिटल बन्द नहुने तथा चाैविसै घण्टा उपचारका लागि तयार रहने बताए । काेराेना उपचारकाे लागि आफू सरकारी निकायसँग सहकार्य गर्न समेत तयार भएकाे भन्दै बुढानिलकण्ठ नगरपालिकासँग् छलफल तथा बैठक भएकाे जानकारी दिए । मेयर उद्धव खरेलसहितकाे टाेली करूणा हस्पिटलमा आएर काेराेनाकाे सम्भावित महामारीमा कसरी काम गर्ने बारेमा छलफल गरेकाे उनले जानकारी दिए ।

केही समयअघि शुरू भएकाे करुणा हस्पिटलले चाैविस घण्टा इमेर्जेन्सीसेवासहितकाे सेवा दिइरहेकाे छ  । करूणा हस्पिटलले सबैखाले स्वास्थ्यसेवा उपलब्ध गराएकाे छ । सिटिस्क्यानसहितकाे सुबिधासम्पन्न ल्याब तथा बिभिन्न राेगकाे ओपिडि सेवा सन्चालन गरिरहेकाे छ । करूणा हस्पिटल  बुढानिलकण्ठ नगरपालिका वडा न १३ काे  चुनिखेलअन्तर्गत धाेविखाेला फाँटमा रहेकाे छ । समाचार साभार :काठमाडौं खबर  (फाेटाेः डा रामकुमार श्रेष्ठकाे फेशबुकबाट साभार)

तपाइँको प्रतिक्रिया ।