निकुन्ज र बन क्षेत्रमा घुमफिर नगर्न टोखा नगरपालिकाको अनुरोध
कपन अनलाइन
काठमाडौं ,चैत १४।
टोखा नगरपालिकाले नगरको विभिन्न भेगमा रहेका बन क्षेत्रमा धेरै नगरवासीको अवातजावत भएको सुचना प्राप्त भएकोले सो नगर्न अनुरोध गरेको छ।
लक डाउनको अवस्थामा आफु र अन्य नागरिकको सुरक्षामा सचेत यी क्षेत्रमा प्रवेस र घुमफिर हाललाई रोकिएको जानकारी दिदै नगरपालिकाले यसको नियन्त्रणका लागि सुरक्षाकर्मी र जनप्रतिनिधि परिचालन गरिएको जनाएको छ ।
यदि उक्त स्थानमा घुमफिरमा आउनेहरुलाई कानुन बमोजिम कारवाही गरिने जानकारी दिदै नगरपालिकाले आपतकालीन अवस्थामा नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ।
टोखा नगरपालिकाको नगरवासीमा हार्दिक अपिल !!!
यस नगर क्षेत्रभित्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको जानकारी गराउन चाहन्छौं ।
यहाँहरुले केन्द्रीय, प्रदेश र स्थानीय सरकारको अपिल अनुसार आ-आफ्नो घरमा self-quarantine मा बस्नु भै यस महामारी रोगको रोकथाम र नियन्त्रणमा सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछौं र आगामी बाँकी समयमा पनि यही अपेक्षा गर्दछौं ।
यद्दपी यस नगर क्षेत्रभित्रपर्ने विभिन्न स्थानहरु र शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज आसपासका क्षेत्रहरुमा रेस्टुरेन्ट, होटेल, अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु सो ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहनु हुन हार्दिक अनुरोध गर्दछौं ।
“जिवन रहे धेरै ठाउँ घुमी धेरै कार्य गर्नु छ , जिवन नै नरहे ……!!!” ।
आफू पनि बाँचौ, अरुलाई पनि बचाउँ…कोरोना भाइरस रोकथाम गरौँ ।