गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा आपतकालीन अवस्था आइपरे यी नम्बरमा सम्पर्क गर्नुहोस – वडा अध्यक्ष राजिब थापा

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा आपतकालीन अवस्था आइपरे यी नम्बरमा सम्पर्क गर्नुहोस – वडा अध्यक्ष राजिब थापा

कपन अनलाइन

काठमाडौं चैत्र १४ गोकर्णश्वर नगरपालिका वडा नं ९ ले वडा बासीलाई  कुनै आपतकालीन समस्या परेमा सम्पर्क गर्नका लागि सम्पर्क नम्बर उपलव्ध गराएको छ।त्यस्तै नगरपालिकामा कोरोना संक्रमण बाट बच्ने उपायहरुको तयारी गरेको जानकारी गराउदै कुनै पनि सेवाका लागि जन्प्रतिनिधलाई सम्पर्क गर्न सकिने वडा अध्यक्ष राजिब थापाले  जानकारी दिएका छन्।उनले निम्न ब्यक्तीलाइ सम्पर्क गर्न सकिने पनि बताए ।

वडा समिति परिवार तथा सम्पर्क व्यक्तिहरु
१. राजिव थापा वडा अध्यक्ष ९८४१८८६२५२ , ९८०२०२६२५२
२. सत्यभामा श्रेष्ठ वडा सदस्य ९८४१४४१०९६
३. हरिकुष्ण कारञ्जित वडा सदस्य ९८४१४६१२५७
४. पुरुषोत्तम थापा वडा सदस्य ९८४१५३५४७३
५. गमला कुमारी परियार वडा सदस्य ९८६०३४०१९३
६. संगिता बराल वडा सचिव ९८४३१४०४४५
७. ललिता लामा स्वास्थय चौकी प्रमुख ९८४१५८९९७

साथै उनले कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले वडाले विदेश बाट आएका वडा बासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका वडा बासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था  पनि मिलाएको जानकारी दिदै वडा अध्यक्ष थापाले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।उनले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन  वडा वासीलाई अनुरोध गरेका छन । उनले अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न  ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील  घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेका छन्  ।

तपाइँको प्रतिक्रिया ।