बुढानिलकण्ठ नगरपालिकाका ११ जगडोल सहित बिभिन्न वडामा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्किइयो
कपन अनलाइन
काठमाडौँ, चैत्र १४ । बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न वडामा विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमण को जोखिम न्यूनीकरणको लागि विभिन्न स्थानमा किटनाशक औषधि ( डिसइन्फेक्सन स्प्रे) छर्किइएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ बाट प्राप्त किटनाशक औषधि ( डिसइन्फेक्सन स्प्रे) सुगम वेलफेयर सोसाइटी ,जगडोल रेसिडेन्ट ग्रुप र यगडोल जगडोल युवा क्लबको सक्रियतामा जगडोलका बिभिन्न स्थानमा किटनाशक औषधि ( डिसइन्फेक्सन स्प्रे) छर्किएको हो ।जसमा युवानिलकण्ठका सन्तोष केसी र स्थानीय राजकुमार केसीले किटनाशक औषधि ( डिसइन्फेक्सन स्प्रे) छार्किएका थिए।
जगडोलमा मानिसहरुको बढी भिडभाड हुने स्थान सार्वजनिक धारा ,चोक, भन्ज्याङ , पसल , चौतारा र सडकको दुवै तर्फ सो कीटनाशक औषधि छर्किएको हो। सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै बुढानिलकण्ठ नगरपालिकाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिने बताएको छ ।
यो विश्वव्यापी सङ्क्रमणको बेला हो ।त्यसैले सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ बुढानिलकण्ठ नगरपालिका का प्रमुख उद्दब खरेलले बताए उनले भने, राज्यले अघि सारेको अभियानलाई समेत आत्मसात् गर्दै बुढानिलकण्ठ नगरपालिका निरन्तर लागिरहको बताउदै यसको लागि सबैको सहयोग आवश्यक भएको बताए।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको पनि जानकारी दिए । उनले लक डाउन को अवस्थामा रहेका नगरवासीलाई कुनै पनि किसिमको आपतकालीन स्वास्थ्य सेवा लिनु परेमा सहजताको लागि एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिदै सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको बताउदै नगरबासीलाइ अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेका छन उनले कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताए।
त्यसैगरि सुगम वेलफेयर सोसाईटीका श्याम राजा गौतमले सबैलाई घरमा नै बस्न अनुरोध गरेका छन्। उनले जगडोलमा बाहिरका मानिसहरु अत्याधिक बढेको भन्दै बाहिरको मानिसलाइ अत्यावश्यक काम बाहेक जगडोलमा नआएर सहयोग गरिदिनको लागि अनुरोध गरेका छन ।