कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि मेलम्ची नगरपालिकाको तयारी

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि मेलम्ची नगरपालिकाको तयारी

कपन अनलाइन

काठमाडौं ,चैत १४।

मेलम्ची नगरपालिकाबाट कोभिड -१९ को कोरोना भाइरस संक्रमणको  संभावित जोखिमलाई ध्यानमा राखी लकडाउन भएको तेश्रो दिनसम्म आन्तरिक रुपमा तयारी तीव्र पारेको छ ।

मेलम्ची नगरपालिकाले आवस्यक तयारी स्वरूप  ११ ओटा isolation, ३५ ओटा क्वारेन्टाइन , २८ सेट PPR, माहामारी रोकथामको अत्यावश्यक औसधि, ९५ सेट disposal safety सेट तयारी अवस्थामा राखिएको नगरपालिकाले जानकारी दिएको छ।

यो संकटको अवस्थामा आ-आफ्नो घरमा बसेर आफुलाइ सुरक्षित र देशलाई सहयोग गरिदिन सबै नगरवासीलाई अनुरोध गर्दै कुनै आवस्यक आपतकालीन सहयोग लिनुपरेमा नगरपालिका र जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।