बुद्दको यमराज सगॅ फोनवार्ता

बुद्दको यमराज सगॅ फोनवार्ता

कपन अनलाइन 

काठमाडौं ,चैत १४ /अर्जुनप्रकाश भुसाल

हेलो !!
चरा चुरूगॅीहरूको चिरवीर,
वादरहरूको साम्रज्य ,
कुकुरहरूको भुकाई,
साडेंहरूको रजाईं,
मूसाहरूको निरन्तर खवरदारी,
हो म निदाईरहेको नेपाल शहरबाट,
म पशुपतिनाथको देशवाट ।
हेलो!! हेलो!!!
सुनिएको छ ?!
मानिसहरू?
देखिन्छ भिडहरू
तिम्रो आसन आउने वेस क्याम्प तिर,
हो त्यहि आर्यघाट तिर,
कोलाहाल सुनिन्छ अस्पताल अनि
क्वारेन्टटाईन तिर,
म वोल्दैछु ….
सपनाहरूलाई सिरानीमा राखी सुतेको
सगरमाथाको देशवाट ।
किन तिमीलाई थाहा छैन ?
सुन त एउटा कुरा:
ईटली छटपटाई रहेको छ,
ईरान त्राहिमाम छ,
स्पेन,न्यूयोर्क, लन्डन अत्तालिएका छन् ,
कसरि हेर्न सक्छौ तिमी?
निर्दोस जनहरूको जीवनलीला,
३-४ वर्षको बालक वेडमा छटपटाईरहेको,
सुत्केरी आमाले अन्तिम कष्ट भोगेको,
ऊफ !!! धिक्कार छ !!!!
हो,म त्यही मेरो जन्म भुमीवाट
म गौतम बुद्द म आफै वोलेको
अचम्म लाग्यो ? हो ,
मेरो आखाॅ खुलेका छन्,
म देख्न सक्ने भएं ,
पृथ्वी त अर्कै भएछ, मेरो दर्शन
मेरो ज्ञानमा धुलो लागेछ किनकी
सवै तिर तिम्रो त्रास छ
सडकहरू एकलै भएर उठ्न थालेका छन
जगॅलका जनावरहरू अलमलमा परेका छन्
केहि खुशी पनि छ,
वुहान् भने तन्ग्रिदै छ
विस्तारै हिड्न खोज्दै छ
एउटा कूरा सुन ,
सवैतिर वन्द छ, सुनसान माथि सन्नाटा,
अव तिम्रो नागोॅ नाच वन्द गर,
हो सवै नाका वन्द गर,
सास फेर्न गारो भो ,
मलाई पनि हलचल गर्न सारो भो ,
किनकी तिम्रोमा आउने वाटो जाम भएको छ
अति भाको छ,
विन्ती अव तिम्ले पनि लकडाउन गर ।
नत्र तिम्लाई पनि खतरा छ ……..
हेलो! हेलो!! हेलो!!!
तपाइँको प्रतिक्रिया ।