कागेश्वरी मनोहरा नगरपालिका २ मा रहेको आफ्नो घर क्वारेन्टाइनको रुपमा उपलब्ध गराउन तयार छु: लायन राज कृष्ण श्रेष्ठ

कागेश्वरी मनोहरा नगरपालिका २ मा रहेको आफ्नो घर क्वारेन्टाइनको रुपमा उपलब्ध गराउन तयार छु: लायन राज कृष्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौं चैत्र १३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी लायन राज कृष्ण श्रेष्ठले आफ्नो कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोटमा भएको  घरलाइ  १९ कोरोनाको महामारी संग जुध्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।उनले सामाजिक संजाल बाट उक्त घोषणा गरेका हुन्  आलापोटमा रहेको सांढे दुइ तेले खाली घरमा बगैचा सहितको  १२ वटा कोठा रहेको  श्रेष्ठले घर उद्दार र व्यवस्थापन कार्यका लागि उपयोग होस्  भनेर आवश्यक परेको खण्डमा कागेश्वरी मनोहरा नगरपालिका वा नेपाल सरकारलाइ  क्वारेन्टाइनको रुपमा प्रयोग गर्न  उपलब्ध गराउने  बताएका हुन्  ।

 

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको लागि सरकारले गरेको अनुरोध साथै आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै  उक्त महामारी नियन्त्रण अभियानमा सहयोगको लागि कागेश्वरी मनोहरा  नगरपालिकाले  उक्त स्थान प्रयोग गर्न सक्ने  बताए ।उनले सो घर आवश्यक परेको खण्डमा एकान्त बास (कोरेन्टाइन)को लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। थप जानकारी को लागि उनलाई ९८५१०४२६६२मा सम्पर्क गर्न सकिने पनि बताए।

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने  बताउदै  कोरोनाको पोजिटिभ केश देखिईसकेको र नेपालमा यसको महामारी रोक्नका लागि सरकार ले  चालेको कदमको  स्वागत गर्दै आफ्नो घर उपलब्ध गराउने घोषणा गरेका हुन्। साथै उनले गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा बासीलाई अस्पताल सम्म जानको लागि अथावा अत्यावश्यककामको लागि बाहिर जानु परेमा आफ्नो गाडी पनि उपलब्ध गराउने घोषणा गरेका छन् ।

 लायन राज कृष्ण श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरमा आवद्द हुदै हाल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को  एम्बेसडर अफ गभर्नर पनि हुन्। उनले बिगत देखि नै सामाजिक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।