युवा परिषद्का जिल्ला अध्यक्षहरु द्वारा एक महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा

युवा परिषद्का जिल्ला अध्यक्षहरु द्वारा एक महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा

कपन अनलाइन

काठमाडौं ,चैत १३।

राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्षहरुद्वारा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१०) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सरकारी कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका छन् ।

मुलुकभर जम्मा ५९ जिल्लामा गठित अध्यक्षहरुले सवा नै धर्म हो भन्ने मुख्य मान्यतालाई आत्मसात् गर्दै मुलुक पिडामा डुवेको समयमा केही मात्रामा भएपनि राज्यलाई राहत प्रदान गर्ने उद्देश्यका साथ एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको काठमाडौंका अध्यक्ष  निरेस लाल सिंहले जानकारी दिएका छन  ।

५९ जिल्लाका अध्यक्षहरुले एक महिनाको पारिश्रमिक रु वीस हजारका दरले ११ लाख ८० हजार रुपैँया उक्त कोषमा जम्मा गर्ने घोषणा गरेको अध्यक्ष सिंहले  बताए ।

विश्वले सामना गरिरहेको महामारीमा यो आर्थिक सहयोग संगै अन्य कुनै पनि मानवीय सहयोग गर्न रास्ट्रिय युवा परिसद तयार रहेको बताउदै अध्यक्ष सिंहले सबैलाई सचेत रहन समेत आग्रह गरेका छन ।

नेपाल सरकारले स्थापना गरेको आपतकालीन कोषमा रकम जम्मा गर्ने निम्नानुसारका  ५९ जिल्ला युवा समितिका अध्यक्षहरु रहेका छन ।

सहयोग उपलव्ध गराउने जिल्ला अध्यक्षहरु :

रमेश पौडेल नवलपरासी, संतोष चौलागाईँ मकवानपुर, प्रकाशकुमार कार्की रामेछाप, नवराज शंकर ईलाम, बमबहादुर बम डोटी, सन्तोषप्रकाश जोशी बैतडी, सञ्जीवकुमार सुरज धनुषा, सुरेशकुमार रावत दाङ्ग, देवीप्रसाद शर्मा म्याग्दी, शशीनाथ आचार्य सिन्धुपाल्चोक, धिराज सुवेदी दोलखा, बसन्त ढकाल रुपन्देही, सुनाराम बुढा डोल्पा, रमेशचन्द्र घिमिरे ललितपुर, हर्कजङ एभेङ लिम्बु सुनसरी, उज्ज्वल श्रेष्ठ भक्तपुर , शन्तोष प्रसाईँ ताप्लेजुङ्ग, सम्राट गौचन मुस्ताङ्ग, अर्जुन राई धनकुटा, छविलाल चुडाल झापा, आशिर्वाद सुवेदी कास्की, महेशप्रसाद पन्त कञ्चनपुर, विवश बुढाथोकी लम्जुङ्ग, कमल बस्नेत बाँके, राजेन्दविक्रम कुँवर गुल्मी, खगेन्द्र पोखरेल उदयपुर, शम्भुबहादुर कुँवर कैलाली, लिलबहादुर वि.क. अर्घाखाची, नेगनसिंह कुँवर प्युठान, टुकलाल गैरे कपिलबस्तु, हरिप्रसाद लिम्बु संखुवासभा, विकास राई भोजपुर, खड्गसिंह बडाल दार्चुला, युवराज शाही बाजुरा, टेकेन्द्रकुमार बस्नेत सुर्खेत, नारायण घर्ती जाजरकोट, कमल बोहरा हुम्ला, सत्यनारायण यादव महोत्तरी, सञ्जयकुमार दाहाल सिन्धुली, हरिबहादुर मगर धादिङ, निरेशलाल सिंह काठमाडौँ, विपिन लामा (विपेन्द्र) काभ्रेपलाञ्चोक, सेरप गुरुङ मनाङ, भोजराज पोखरेल पाल्पा, विष्णु जोशी बर्दिया, दिपेन्द्र हमाल जुम्ला, तुलाराज मल्ल कालीकोट, भरतबहादुर मल्ल डडेलधुरा, अस्मिन घिमिरे चितवन, सुरेश अधिकारी रसुवा, जनक बि. क. सल्यान, रविन थापा मोरङ, सुधीर कार्की ओखलढुङ्गा, बैद्यनाथ साह सिरहा, सन्तोष चौधरी सप्तरी, हरिबहादुर मगर धादिङ, ठाकुरप्रसाद ओली रोल्पा , रमेशकुमार मल्ल मुगु, चन्द्रप्रसाद दाहाल दैलेख रहेका छन  ।

तपाइँको प्रतिक्रिया ।