गोकर्णेश्वर नगरपालिकाले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन आज बाट शुरु गर्यो

गोकर्णेश्वर नगरपालिकाले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन आज बाट शुरु गर्यो

कपन अनलाइन

काठमाडौं चैत्र १३। विश्वभर फैलिएको कोरोना भाइरस  कोभिड–१९  संक्रमण को जोखिम न्यूनीकरणको लागि गोकर्णेश्वर नगरपालिकाले   मानिसको अत्यधिक भीडभाड हुने  नगर क्षेत्र भित्रका विभिन्न स्थानमा ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन  आज बाट शुरु गरेको छ।आज गोकर्णेश्वर नगरपालिका नारायणटार स्थितअपांग संघ(अर्थोपेडिक)अस्पताल बाट उक्त कार्यको शुभारम्भ भएको हो ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, गोकर्णेश्वर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय अर्थोपेडिक का डाक्टर युवराज खतिवडा  लगायतको उपस्थितिमा उक्त कार्यक्रमको शुभारम्भ भएको हो ।  मानिसहरुको बढी भिडभाड हुने स्थान अस्पताल लगायतको क्षेत्रमा ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन लागको गोकर्णेश्वर नगरपालिका प्रमुखले बताए । उनले सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता  दिइने पनि बताए ।

यो विश्वव्यापी सङ्क्रमणको बेला हो । त्यसैले सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ”, उनले भने,  उनले राज्यले अघि सारेको अभियानलाई समेत आत्मसात् गर्दै गोकर्णेश्वर नगरपालिका   निरन्तर लागिरहने बताउदै   यसको लागि सबैले सहयोग आवश्यक भएको बताए।

 विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको पनि जानकारी दिए । उनले लक डाउन को अवस्थामा रहेका नगरवासीलाई कुनै पनि किसिमको आपतकालीन स्वास्थ्य सेवा लिनु परेमा सहजताको  लागि एम्बुलेन्सको व्यवस्था गरेको  जानकारी दिदै सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताए  । गोकर्णेश्वर नगरपालिकामा नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै प्रमुख  चालिसेले  अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।