कुनै समस्या भए हामीलाई सम्पर्क गर्नुहोस : सांसद दिपक निरौला (बागमती प्रदेस सभा सदस्य )
कपन अनलाइन
काठमाडौं ,चैत १३।
नेपाल सरकारले लकडाउन गर्नु अगाडि र त्यस पश्चात् पनि बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले आफनो सामाजिक संजाल मार्फत निरन्तर सचेतनामुलक सन्देशहरु प्रवाह गरेका छन । आफ्नो निर्वाचन क्षेत्र र अन्य कुनै पनि स्थानमा बसोवास गर्ने स्थानीयलाई सचेतना अपनाउन र आवस्यक तयारी गर्नका लागि सांसद निरौलाको सन्देस :
” नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले देशैभरी लकडाउन गरेको आज तेस्रो दिन पुगेको छ ।
पहिलो र दोस्रो दिन खाद्यान्न ,तरकारी आदिको अभाव भएको कुरालाइ मनन गरेर सरकार आपुर्ति नरोक्ने निर्णय गरेको छ , जससङ्गै खाद्यान्न ,ग्यास,पानी ,औषधि सम्बन्धि पसलहरु खोल्न आग्रह गर्दै भीड्भाड नगर्न समेत अपील गरिएको छ ।
म सोही कुरामा ध्यान केन्द्रीत गराउन चाहन्छ- खाद्यान्न पसलहरु खोल्नु अहिलेको नितान्त आवश्यकता हो तर त्यहा खरिदकर्ता र बिक्रेता दुबैलाइ जोखिम पनि रहेको छ ।
बिक्रेता र खरिदकर्ता दुबैले माक्सको प्रयोग गरौं , बिक्रेताले पन्जा(मेडिकल ग्लोब्स) को प्रयोग गरौ र नगदको कारोबार पश्चात् सेनिटाइजर अनिवार्य प्रयोग गरौं ;स्यानिटाइजरको अभाव भएमा फिट्किरी पानीको प्रयोग गरौं ।
साथै पसलमा सामान खरिद गर्न जानुहुने ब्यक्तिहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै एक ब्यक्तिबाट अर्को ब्यक्ती बीचमा कम्तिमा ६ फिट दुरी कायम गरौ अनि एकजनाले खरीद गरिसकेपछि मात्र अर्कोले क्रमशः खरिद गरेर भीड्लाइ कम गरौं ,यसो गर्दा जोखिम कम हुन्छ ।
यो जटिल परिस्थितिमा तपाईं हामे जति संबेदनशिलर सजग रहन्छौ त्यतिनै संक्रमणको जोखिम कम रहन्छ ।
पुन: सम्पुर्ण आमाबुबा,दाजुभाइ दिदिबहिनीहरुलाइ
घरभित्रनै सचेत भै रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्दै स्वास्थ्यमा केहो समस्या भए/देखिए नजिकको स्वास्थ्यकर्मिहरुलाइ सम्पर्क गरि सोही अनुरुप अनुसरण गर्न आग्रह गर्दछु।
धन्यवाद
-दीपक निरौला
प्रदेशसभा सदस्य ,बागमती प्रदेश