आपतकालीन अवस्थाका लागि टोखा नगरपालिकाले एम्बुलेन्स सेवा शुरु गर्यो
कपन अनलाइन
काठमाडौं ,चैत १३।
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा प्रतिकार्यको लागी टोखा नगरपालिकाका नगरवासीहरुको स्वास्थ्यको मध्यनजर गर्दै आपतकालिन स्थितिमा बा.१ झ. ९७५० नम्बरको एम्बुलेन्स संचालनमा ल्याएको छ।
लक डाउन को अवस्थामा रहेका नगरवासीलाई कुनै पनि किसिमको आपतकालीन स्वास्थ्य सेवा लिनु परेमा सहज ढुवानीका लागि एम्बुलेन्सको व्यवस्था गरेको नगर प्रमुख प्रकास अधिकारीले जानकारी दिएका छन ।
सो एम्बुलेन्स सेवा उपयोग गर्न चाहने नगरवासीले निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
सम्पर्क :
एम्बुलेन्स चालक : ९८४१६६५५९८
सम्पर्क व्यक्तिहरु:
बसन्त गैरे , स्वास्थ्य शाखा, टोखा नगरपालिका: ९८५८०२८४२८
राष्ट्रमान श्रेष्ठ: ९८५१०७८६३१
तपाइँको प्रतिक्रिया ।