महामारीमा सचेत रहन र आवस्यक सहयोग गर्न नेता कार्यकर्तालाई नेकपा बुढानिलकण्ठको अनुरोध

महामारीमा सचेत रहन र आवस्यक सहयोग गर्न नेता कार्यकर्तालाई नेकपा बुढानिलकण्ठको अनुरोध

कपन अनलाइन

काठमाडौं ,चैत १३ ।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठले कोभिड १९ कोरोना भाइरसको संक्रमण बाट बच्न नेपाल सरकारको अनुरोध पालना गर्नला लागि नगरवासी सम्पूर्णमा अनुरोध गरेको छ । त्यस्तै यस विषम परिस्थितिमा जनताको स्वास्थ्य र अन्य किसिमको सेवा गर्नका लागि तयारी अवस्थामा रहन नेकपा बुढानिलकण्ठ नगर कमिटि सदस्य तथा १३ वटै शाखाका अध्यक्ष ,सचिव तथा अन्य कार्यकर्ताहरुलाई आग्रह गरेको छ।

अहिले विश्वले नै विषम परिस्थितिको सामना गर्नु परिरहेको वेलामा नागरिकको एकता र सचेतना बाट मात्र यो महामारी संग लड्न सकिने बताउदै नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले यस वेला नगरपालिकाले गर्ने हरेक पहलको लागि सकारात्मक रुपमा सहयोग गर्नका लागि सबैलाई अनुरोध गरेका छन ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइन स्थल निर्माण गरिएको र यस विचमा नगरपालिकालाई कुनै पनि सहयोग चाहिएमा नेकपा बुढानिलकण्ठ उपलव्ध गराउन तयार रहेको सचिव प्रदिप डंगोलले बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।