दक्षिणकाली नगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुले ५ दिनको पारिश्रमिक विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने

दक्षिणकाली नगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुले ५ दिनको पारिश्रमिक विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने

कपन अनलाइन 

काठमाडौं चैत्र १३ दक्षिणकाली नगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुले ५ दिनको पारिश्रमिक विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।त्यसैगरी अधिकृतस्तर भन्दा तलका कर्मचारीहरुले ३ दिनको पारीश्रमिक विपद् व्यवस्थापन कोषमा स्वइच्छाले जम्मा गर्ने भएका छन् ।

दक्षिणकाली नगरपालिकाको  बैठकले सो निर्णय गरेको हो ।बैठकले विश्वभर महामारीको रुपमा देखिएको कोरोनाको संक्रमण हुन नदिनका लागि आवश्यक कार्य गर्ने पनि गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्यकर्मीहरुको लागि यातायातको व्यवस्था गर्ने, विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन गर्ने, बर्तमान विषम परिस्थितिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने, नगरपालिकाभित्र दैनिक ज्यालादारी र मजदुरी गरी खाने व्यक्तिहरुलाई खाद्यान्नको व्यवस्थापन गरी बितरण गर्ने, नगरपालिकाको लागि अति आवश्यक सेवा एम्बुलेन्स र स्वास्थ्यकर्मीको सवारी पास व्यवस्थापनको लागि पहल गर्ने, स्वास्थ्य उपचारको लागि आवश्यक औषधी तथा उपकरण प्रक्रिया पुरा गरी गरिद गर्ने लगायतका निर्णय गरेको दक्षिणकाली नगरपालिकाका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत दिपक कुमार केसीले जानकारी दिएका छन्  ।

 


दक्षिणकाली नगरपालिकाले विश्वभर महामारकिो रुपमा देखिएको कोरोना भाइरसको संक्रमण हुन नदिन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रमहरुको अनुगमन गर्नका लागि नगर उपप्रमुख बसन्ती तामाङ डंगोलको संयोजकत्वमा अनुगमन समिति गठन गरी कार्य गरिरहेको छ । निर्णय निम्न रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।