कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानीमा रहेको २५ शैयाको अस्पताल संचालनमा
कपन अनलाइन
काठमाडौं चैत्र १३। कागेश्वरी मनोहरा नगरपालिकामा २५ शैयाको अस्पताल सञ्चालनमा आएको छ ।नगर प्रमुख कृष्णहरि थापाको विशेष पहलमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।सो अस्पताल कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानीमा रहेको छ ।नगर प्रमुख कृष्णहरि थापाले स्वास्थ्य सम्बन्धी कुनै समस्या परेमा सो अस्पतालमा उपचार गराउन सम्पूर्ण नगरबासीहरुलाई आग्रह गरेका छन् ।
नगर प्रमुख कृष्णहरि थापाले स्वास्थ्य सम्बन्धी कुनै समस्या परेमा नगर प्रमुख आफू स्वयम्, लगायत सो अस्पतालका डा, बिप्लब अधिकारी, स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइराला र अस्पतालका व्यवस्थापक सन्तोष तिमिल्सेनालाई सम्पर्क गर्न पनि नगरबासीहरुलाई आग्रह गरेका छन् ।
१- कृष्णहरि थापा नगर प्रमुख
९८५१०२७१२१
२- डा. बिप्लब अधिकारी मेडिकल
अफिसर ९८६१६७०८०६
३- लक्ष्मी कोईराला स्वास्थ्य शाखा सह
संयोजक ९८४१३५७७९२
४- सन्तोष तिमिल्सना अस्पताल
ब्यवस्थाक ९८४१५७१०९३
५- प्रकाश फुयाल वडा अध्यक्ष वडा नं. ६
९८५१०५७५६०
उनले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नगरपालिकाले दुर्त प्रतिकार्य टोली गठन गरेर कार्य गरिरहेको बताउदै कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको पनि नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिए ।
त्यस्तै लकडाउनको समयमा नगरवासीको सुरक्षा तथा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको र कुनै पनि आपतकालीन अवस्था आएको खण्डमा संम्बन्धित वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने प्रमुख थापाले जानकारी दिए।अति आवस्यक काम नपरी घर बाट बाहिर ननिस्कन नगर प्रमुख थापाले आम नगरबासीलाइ अनुरोध गरेका छन।