कोरोना भाइरसको जोखिम नघटुन्जेल गोकर्णेश्वर महादेव मन्दिर सर्वसाधारणको लागि बन्द हुने

कोरोना भाइरसको जोखिम नघटुन्जेल गोकर्णेश्वर महादेव मन्दिर सर्वसाधारणको लागि बन्द हुने

कपन अनलाइन

काठमाडौं चैत्र १३।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा  सर्वसाधारणको लागि बन्द हुने भएको हो  । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिले मचैत्र १२ गते देखि  कोरोना  सङ्क्रमणको जोखिम नघटेसम्मका लागि बन्द गरिएको  जनाएको छ ।

मन्दिरमा नित्य हुने पूजा आरती लगायत विधि भने यथावत् रहने समितिले जनाएको छ  भने श्रद्दालु भक्तजनहरुको पुजा सामग्री नलीइने तथा टिका प्रसाद वितरण नहुने हुँदा भक्तजानहरुलाई मन्दिर प्रवेश नगरी बाहिरबाटै दर्शन गर्नको लागि अनुरोध गरिएको छ।   लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम  अघि बढिरहेको छ ।

 मन्दिर संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गर्न लागेको हो नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि  भइरहेको छ यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो। कोरोना भाइरसको सन्त्रासका कारण फेरि काम रोकिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।