कोरोना प्रकोप विरुद्ध एक्सनमा उपप्रधानमन्त्री र मन्त्रीहरु

कोरोना प्रकोप विरुद्ध एक्सनमा  उपप्रधानमन्त्री र  मन्त्रीहरु

कपन अनलाइन 

काठमाडौं ,चैत १२।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले रक्षा मन्त्रालय परिसरबाटै काम सुरू गरेका छन।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलले आज कृषि मन्त्री घनश्याम भुषाल,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जामन्त्री वर्षमान पुनलगायतसँग रक्षा मन्त्रालय परिसरमै भेटेका थिए।

कार्यकक्षमा भेटघाट गर्दा ‘फिजिकल डिस्टेन्स’ कायम गर्न  समस्या आउने भएकाले रक्षा मन्त्रालय परिषर पुतली बगैंचाबाट पाल टाँगेर कार्यालय बनाइएको पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले  बताए।

‘उपप्रधानमन्त्रीज्युले आजका सबै भेटघाट पुतली बगैंचामै  गर्नुभएको छ,’ केसीले भने,’अब आवश्यक पर्ने सबै भेटघाट र बैठक यहीँबाट हुन्छन्।’

साथै आजको भेटमा कोरोना संक्रमण र यसको पछिल्लो अवस्थाका वारेमा छलफल भएको थियो। फोटो :लोकेन्द्र केसी

 

तपाइँको प्रतिक्रिया ।