फेरिल्यान्ड इन्टरनेसनल स्कुलको भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन तयार छौ : प्रिन्सिपल विष्णुचन्द्र अधिकारी

फेरिल्यान्ड इन्टरनेसनल स्कुलको भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन तयार छौ : प्रिन्सिपल विष्णुचन्द्र अधिकारी

कपन अनलाइन

काठमाडौं ,चैत ११

फेरिल्यान्ड इन्टरनेसनल स्कुल बुढानिलकण्ठ -११ ले कोभिड १९ कोरोनाको जोखिम बाट बच्नका लागि आफ्नो विद्यालयलाई क्वारेन्टाइन स्थलको रुपमा बुढानिलकण्ठ नगरपालिकाले  उपयोग गर्नसक्ने बताएका छन।

सामाजिक उत्तरदायित्वको लागि फेरिल्यान्ड इन्टरनेसनल स्कुल सदा तत्पर रहेको प्रिन्सिपल विष्णु चन्द्र अधिकारीले जानकारी दिएका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने बताएका छन् । उनले कोरोनाको पोजिटिभ केश देखिईसकेको र नेपालमा यसको महामारी रोक्नका लागि सरकारले चालेको कदमको स्वागत गरेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको लागि सराकारले गरेको अनुरोध साथै आफ्नो सस्थाको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आफूहरुले पनि महामारी नियन्त्रण अभियानमा सहयोगको लागि बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण जनसमुदायका लागि वडा नम्बर १० बालुवाखानीमा अबस्थित फेरि ल्यान्ड इन्टरनेसनल स्कुल आवश्यक परेको खण्डमा आफ्नो बिधालयको खुला स्थान साथै पुरै भवन एकान्त बास (कोरेन्टाइन)को लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

तपाइँको प्रतिक्रिया ।