प्रधानमन्त्री पत्नी राधिका शाक्यको सराहनीय काम :अलपत्र तिन वालिकाहरुको उद्दार
कपन अनलाइन
काठमाडौं ,चैत ८ ।
फागुन २९ गते फागु पूर्णिमाका दिन दक्षिणकाली नगरपालिका वडा -२ पातिंगलमा बंगुर पालन व्यवसाय गर्दै आएका खोटांग स्थायी घर भएका नबिन राई र उनकी श्रीमती रमा (नाम परिवर्तन ) सधै झैँ नित्य काम सकाएर होलिमा रमाएका थिए। श्रीमान श्रीमती दुवै मदिरा सेवन फेने र पटक पटक झैँ झगडा गर्ने गर्दथे र त्यस दिन पनि नबिन राईकी श्रीमतीले आफ्नो काम सकिए पछी सो स्थान नजिकै रहेको मदिरा पसलमा गएर दिनभर मदिरा पान गरेकी थिइन् ।
श्रीमान नबिन राईको खल्ती बाट पैसा निकालेर मदिरा सेवन गर्न गएकी उनलाई बेलुकाको समयमा नबिन राई र उनीहरूकी जेठी छोरी गएर उनलाई लिएर आउदा विवाद भै उनीहरुको निवास भन्दा केहि माथि रहेको ढिस्को जस्तो ठाउँमा झगडा हुदा उनि लडेकी थिइन् । सधै मदिरा सेवन गरेर यसै गरि बाहिर बस्ने गरेकी उनालाई त्यस दिन पनि होस् आए संगै घरमा आउने सोचेर नबिन राई र उनकी छोरीले बाहिर छोडेर सुत्न गएका थिए । तर भोलि पल्ट बिहान छोरी गएर आमा लडेको स्थानमा हेर्दा उनको प्राण पखेरु उडिसकेको थियो ।
सामान्य झगडामा श्रीमतीको प्राण गैसकेपछि प्रहरीले नबिन राईलाई पक्राउ गरेर अहिले किर्तिपुर प्रहरी कार्यालयमा थुनामा राखेको छ । मदिरा सेवन बाट आमाको मृत्यु भएको र बुवालाई प्रहरीले पक्राउ गरे संगै उनीहरुका तिन छोरीहरु अलपत्र परेका थिए ।
आफ्ना अभिभावक गुमाएका वर्ष १४ कि अनिशा राई ,वर्ष ८ की अनुस्का राई र वर्ष ४ की आयुस्का राईको भविस्य अन्धकार बनेको थियो । उनीहरु नजिकै रहेको बंगुर फार्म संचालक प्रविन्द्र देउलाको सहयोगमा अन्यन्त अनिश्चित भविस्य लिएर आश्रय लिन बाध्य भएका थिए ।
यो घटना पश्चात विभिन्न संचार माध्यमले प्राथमिकताका साथ समाचार प्रकासन गरेका थिए । ति अलपत्र परेका वालिकाहरुको क्रन्दन, पिडा र दयनीय अवस्थाका वारेमा तयार पारेको सामाग्री प्रधानमन्त्री पत्नी राधिका शाक्यले हेरेकी थिइन्।
अलपत्र परेका नागरिकको सम्मान जनक जीवनयापनका लागि आफ्नो सत्प्रयासलाई सधै अगाडी बढाउने शाक्यले यस वारेमा प्रधानमन्त्रीको दोश्रो पटक मृगौला सफल प्रत्यारोपणको भोलि पल्ट बागमती प्रदेस सभा सदस्य दिपक निरौलालाई आग्रह गरेकी थिइन् ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यको आग्रह पश्चात प्रदेस सभा सदस्य निरौलाको पहलमा अलपत्र परेका ति बालिकाहरुलाई रास्ट्रिय बाल अधिकार परिषद ,बालबालिका खोजतलास केन्द्र र मानवसेवा आश्रम लगायतको टोलीले दक्षिणकाली नगरपालिका वडा नं २ पातिंगलमा रहेको उनीहरुको आश्रय स्थल बाट उद्दार गरिएको थियो ।
सो अवसरमा माथि उल्लेखित संघ संस्था संगै वडा अध्यक्ष रामचन्द्र केसी र नगरकार्यपालिका सदस्य कविता केसीको रोहोबरमा उद्दार गरिएको हो ।
प्रधानमन्त्री पत्नी शाक्यको विशेष पहलमा उद्दार गरिएका वालिकाहरुको जीवनयापन र शिक्षाको व्यवस्था अव सरकारको सहजीकरणमा गरिने प्रदेस सभा सदस्य निरौलाले जानकारी दिएका छन।
अहिले वालवालिका खोजतलास केन्द्रको संरक्षणमा रहेका वालिकाहरुलाई उचित स्थानमा वसोवास र शिक्षाको व्यवस्था गरिने र उनीहरुको अवको अभिभावक प्रधानमन्त्री पत्नी शाक्य भएकोले उनीहरुको भविस्यको चिन्ता नलिन स्थानीयलाई आस्वस्त पारेका प्रदेस सभा सदस्य निरौलाले सो अवसरमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
अनिशा राई , अनुस्का राई र आयुस्का राई स्थानीय खोकना मावीमा अध्ययन गर्दै आएका थिए। निकै आनिचित भविस्य बोकेर अस्थायी रुपमा आश्रय लिदै आएका ति बालिकाहरु उद्दार गर्न गएको टोलि देख्दा निकै खुसि भएका थिए। त्यस अवसरमा ति बालिकाहरुका अवोध आँखामा आशाको ठुलो अपेक्षा देखिएको उद्दारमा संलग्न एक उद्दार कर्ताको भनाइ रहेको थियो।