राज्य पुन:संरचनाबारेको शीर्ष दलको बैठक ५ बजेका लागि सर्यो

७ जेठ, काठमाण्डौं । राज्य पुन:संरचनाका विषयमा देखिएको विवाद अन्त्य गर्ने भन्दै आज बस्ने भनिएको प्रमुख चार दलको बैठक बन्दका कारण साँझ ५ बजेका लागी सरेको छ ।

प्रधानमन्त्रीको नीजि सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालिवाटारमा हुने बैठक आदिवासी जनजातीले गरेको बन्दका कारण ५ बजेका लागि सारिएको हो । वैठकमा राज्य पुन:संरचनाका विषयमा रहेको प्रदेशको संख्याको विवाद सल्टाउने प्रयास गरिने बताइएको छ ।
११ प्रदेशमा सहमति जुटाएपनि मधेषी मोर्चाले विरोध जनाएपछी तथा प्रमुख दलका सभाषद्हरूले नै त्यसप्रति तिव्र असन्तुष्टी पोखेपछी साझा धारणा तय गर्न दलहरू छलफल गर्न लागेका हुन् ।
तपाइँको प्रतिक्रिया ।