११ प्रदेशमा भएको सहमतिको औचित्य समाप्त भइसक्यो: प्रचण्ड

७ जेठ, काठमाडौ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबिच भएको ११ प्रदेशको सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।

संविधानसभाको चौथो ठूलो घटक मधेषी मोर्चाले सहमति मान्दैनौ, सरकार छाडेर संघर्षमा जान्छौ भनेपछी सहमतिको औचित्य समाप्त भएको बताउँदै अब ६ देखी १४ प्रदेशमा पहिचानका आधारमा सहमति खोज्ने प्रयास गरिने बताएका छन् ।
किरात समुदायको साकेला पर्वका अवसरमा शनिबार राजधानीमा आयोजित सद्भावसभामा बोल्दै उनले आफूहरूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको र जनताले पनि यस बिषयलाई नबुझेको भन्दै गुनासो गरेका थिए । उनले आफ्नो पार्टी र आफूलाई अन्यले सम्झौता गर्न बाध्य बनाउने, यदी सम्झौता गर्यो भने माओवादीले सबै छाड्यो भन्ने रयदी सम्झौता गरेन भने माओवादीले सम्झौता नगरेर शान्ति र संविधान निर्माण नचाहेको भनेर आक्रमण गर्ने डिजाईन नै तयार गरिएको जिकिर गरेका थिए । उनले आफूहरूसँग दुई तिहाई मत भएको भए आफूहरूले चाहेजस्तो संविधान जारी गर्न सहज हुने बताउँदै उनले यथास्थितिवादी र परम्परावादी शक्तिले माओवादीलाई जसरी पनि अप्ठ्यारो पार्ने षड्यन्त्र गरिरहेका छन् ।
उनले उक्त सभामा बोल्दै नेपाली जनताले जाली-फटाहाले भनेकै भरमा प्रचण्ड तथा पार्टीले आफ्ना कुरा छाड्यो भनेर विश्वास गरे त्यसले आफूलाई ठूलो पिडा हुने र त्यो भन्दा ठूलो दु:ख पार्टीलाइ र नेतृत्वलाइ केही पनि नुहुने भन्दै त्यस्ता जाली-फटाहाले भनेको कुराको पछि नलाग्न आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।