आउ हामी सबै मिली !

आउ हामी सबै मिली !

कपन अनलाइन

काठमाडौं ,चैत ७/ समिर अधिकारी

आउ हामी सबै मिली आजैदेखि राष्ट्र बनाउने प्रण गरौं
व्यर्थ नबनोस् जीवन हाम्रो देशका लागि केही गरी मरौं ।

भ्रष्टाचार छ यति व्याप्त दुर्गन्धले देशै सारा नराम्ररी गनाइसक्यो
रेमिट्यान्सले केवल बाँचेको छ देश अर्थतन्त्र खोक्रो बनाइसक्यो ।

छैन कतै सन्तोष मान्ने ठाउँ जताततै लथालिङ्ग अस्तव्यस्त
देश बनाउँछु भनेर गएकाहरू सधैं कुर्सीकै खेलमा मग्नमस्त ।

नातावाद र कृपावादले टिक्न नदिई बुद्धीजीवी विदेश पलायन गरायो
जसको शक्ति उसको भक्ति न्याय र इमान यो देशबाट टाढा हरायो ।

शान्ति भूमिमा हेर यहाँ बलात्कारी बढ्यो गुण्डाराज चल्यो
करको मार यति चर्को निमुखा जनता चाहिं भुइँमै ढल्यो ।

उपभोक्ता सधैं मारमा यहाँ मूल्य नियन्त्रण कतै छैन
किसानको मेहनतको मोलै भएन बिचौलियाको चैन ।

एकजुटभइ अब राष्ट्र निर्माणमा कदम चाल्नुपर्छ
विसंगति र बेथितिलाई जरैबाट उखेली फाल्नुपर्छ ।।

तपाइँको प्रतिक्रिया ।