गीत !

गीत !

कपन अनलाइन

काठमाडौं ,चैत ७। प्रीति कौर

भन्छन् सबै गाउँकी म हिस्सी परेकी काली
सजाई देउ दिलको बगैंचामा परदेशी माली
भन्छन् सबै गाउँकी म हिस्सी परेकी काली

तिमी सङ भेटेपछि यो मन पनि उड्न थाल्यो
कहिले पूmलमा कहिले जूनमा डुल्न थाल्यो
झिमझिम गर्ने परेली, ओठमा मेरो लाली
भन्छन् सबै गाउँकी म हिस्सी परेकी काली

ख्याल ठट्टा हैन जुनि जुनि सङै बाचौँला
दुःख सुख गरि जिन्दगीको यात्रा काटौंला
मन त मेरो सफा हजुर कुरा गर्दिन जाली
भन्छन् सबै गाउँकी म हिस्सी परेकी काली

तपाइँको प्रतिक्रिया ।