गोकर्णेश्वर नगरपालिकामा दादुरा रुबेला खोप अभियान शुरु

गोकर्णेश्वर नगरपालिकामा दादुरा रुबेला खोप अभियान शुरु

कपन अनलाइन

काठमाडौँ, चैत्र ५ । गोकर्णेश्वर नगरपालिकामा चैत्र २ गते देखि दादुरा रुबेला खोप अभियान संचालन भएको छ ।चैत्र २ गते गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी बाट शुरु भएको सो दादुरा रुबेला खोप अभियान चैत्र १५ गते सम्म जारी रहने छ ।वडा कार्यलयमा भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी  स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगायत स्वास्थ्यकर्मी तथा महिला स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो  ।

 बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म चल्ने उक्त दादुरा रुबेला खोप संचालन हुने तालिका समेत सार्वजनिक भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं १ देखि वडा नं ९ सम्म का बिभिन्न स्थानमा खोप केन्द्रहरु  राखिएको छ।

जसमा गोकर्णेश्वर नगरपालिका  वडा नं  १ को सुन्दरीजल स्वास्थ्य चौकी बाट चैत्र ६ गते राधाकृष्ण मन्दिरमा खोप संचालन हुनेछ भने चैत्र ७ गते मृगेन्द्र चिकित्सा सम्झना गुठी भवनमा, चैत्र ७ गते त्यसै गरि बागद्वार आधारभूत बिध्यालयमा चैत्र ९ गते र सुन्दरीजल स्वास्थ्य चौकीमा चैत्र १० र ११ गते खोप कार्यक्रम संचालन हुने भएको छ ।त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं२ नयापाटी स्वास्थ्य चौकी अन्तर्गत चैत्र ९ गते पुष्पाको घरमा चैत्र १० गते कुण्डलिनी बोर्डिंग स्कुल त्यसैगरी चैत्र ११ गते बालसुधार माबीमा र चैत्र १४ र १५ गते गोकर्णेश्वर नगरपालिका वडा नं २ को वडा कार्यालयमा खोप कार्यक्रम संचालन हुने भएको छ ।

त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ३ को बालुवा स्वास्थ्य चौकी अन्तर्गत चैत्र ४ गते  बस्नेत गाउ गोकर्णमा हुने भएको छ भने चैत्र ५ गते देबी बाल सुधार स्कुल सुन्ताखान, चैत्र ६ गते घट्टचोकमा, चैत्र ७ गते तरेभिर शहरी स्वास्थ्य केन्द्र, चैत्र ८ गते गाम्चा स्वास्थ्य क्लिनिकमा खोप कार्यक्रम संचालन हुने भएको छ ।त्यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा गोकर्ण प्राथमिक अस्पताल अन्तर्गत चैत्र ३ गते गोकर्ण लाइट एकेडेमी मकालबारीमा त्यसै गरि चैत्र ४ गते वर्ल्ड युथ इन्टरनेसनल स्कुल चैत्र ६ गते गोकर्ण माध्यमिक बिद्यालय, चैत्र ७ गते  स्वर्ण शिक्षा इंगलिस स्कुल, चैत्र ९ गते गोकर्ण प्राथमिक अस्पतालमा खोप कार्यक्रम संचालन हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५मा जोरपाटी स्वास्थ्य चौकी अन्तर्गत चैत्र २, ३ र ४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ५ वडा कार्यलयमा त्यसै गरि चैत्र २,३, र ४ गते शंखरापुर अस्पताल,त्यसै गरि चैत्र २,३,र गते नै अर्थोपेडिक अस्पतालमा खोप संचालन हुनेछ भने चित्र ८ र ९ गते जम्बो डाँडा प्रहरी चौकी त्यसैगरी चैत्र ८ गते बासुकी चोकमा खोप संचालन हुने भएको छ ।

त्यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा जोरपाटी स्वास्थ्य चौकी अन्तर्गत चैत्र ५ ,६र ७ गते अर्घोतेश्वर मन्दिर बाहुन डाँडामा खोप संचालन हुने भएको छ भने चैत्र ५,६ र ७ गते नै नयाँबस्ति युवा क्लबमा, त्यसैगरी चैत्र ५ र ६ गते गोकर्णेश्वर नगरपालिका वडा नं६ को वडा कार्यलयमा र चैत्र ७ गते सर्बेश्वर मन्दिरमा खोप कार्यक्रम संचालन हुने भएको छ ।खोप अभियानको गोकर्णेश्वर नगरपालिकाकि उपप्रमुख शान्ती नेपाल लगायतले निरीक्षण समेत गरेका छन् ।त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा जोरपाटी स्वास्थ्य चौकी अन्तर्गत चैत्र ८ र ९ गते ग्रामिण स्वास्थ्य केन्द्र (दक्षिण ढोका)मा त्यसैगरी चैत्र ९ गते गोकर्णेश्वर नगरपालिका वडा नं ७ को कार्यालयमा खोप संचालन हुने भएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा जोरपाटी स्वास्थ्य चौकी अन्तर्गत चैत्र ७ गते माकलबारी (प्रगतिटोल सुधार समितिमा)चैत्र १० र ११  कृष्ण मन्दिरमा खोप कार्यक्रम संचालन हुने भएको छ। त्यसैगरि  चैत्र ९,१० र ११ गते मेडिकल कलेज अत्तरखेलमा ,त्यसै गरि चैत्र १०, ११ र १२ गते गोकर्णेश्वर नगरपालिका, र चैत्र १० गते पिपल बस्ति भगवती मन्दिरमा खोप कार्यक्रम संचालन हुने भएको छ भने गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा  जोरपाटी स्वास्थ्य चौकीमा चैत्र १२, १३, र १४ गते खोप संचालन हुने भएको छ ।

 दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस)कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालवालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने गोकर्णेश्वर नगरपालिका  स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय बताउँछन् । बालवालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ ।

 रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार र जटिलताको उपचार गर्नुपर्दछ ।

रोगबाट बच्न नियमित खोपमार्फत बालवालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ । यदि सबै बालवालिका ९ र १५ महिना गरी दादुरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दादुरा–रुबेलाको भाइरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र स्वाश नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुवै रोग संक्रामक (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा निस्कने छिटा बाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

तपाइँको प्रतिक्रिया ।