श्री बाल उद्दार माबी कागेश्वरी मनोहरा नगरपालिका १ मा दिवा खाजा स्वरुप रकम हस्तान्तरण
कपन अनलाइन
काठमाडौं, चैत्र ५ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको श्री बाल उद्दार माध्यमिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई दिवा खाजाको लागि रकम हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले सो बिध्यालयमा अध्ययन गर्ने बालबालिकालाई प्रतिदिन रु २० बराबरको रकम अभिभावकलाइ हस्तान्तरण गरेका हुन् । विद्यार्थीका अभिभावकलाई नै उक्त रकम दिने र घरबाटै खाजा ल्याउन प्रोत्साहित गर्ने उदेश्यले रकम हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा सदस्य दलबहादुर लामा, वडा सदस्य बलराम खड्का, महिला वडा सदस्य रमा ढकाल, दलित महिला वडा सदस्य कविता सुनुवार, बिध्यालय व्यवस्थापन समितिका सदस्य नेमार लामा ,कार्यपालिका सदस्य लगायत बिद्यार्थी शिक्षक र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्तहरुले सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको बताए । “सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुड (बाहिरी खानेकुरा) को प्रयोगलाई घटाउन अनुरोध गर्दो अभिभावकहरुलाई घरमै आर्गानिक खाजा पकाएर खुवाउन तथा पठाउन अनुरोध गरिएको थियो।
दिवा खाजा कार्यक्रमको रकम हस्तान्तरण गर्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताए ।“पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको छ, त्यसलाई बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।उनले उक्त कार्यक्रम पश्चात कक्षामा बिद्यार्थी नियमित उपस्थित हुने र शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि बढ्ने पनि बिश्वास ब्यक्त गरे।
उनले भने,‘विद्यालयभित्र जंकफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आर्कषण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्तत सिकाइ उपलब्धि वृद्धि गर्ने उदेश्य सहित ‘दिवा खाजा’ कार्यक्रम नगरले ल्याएको बताए। उनलेजङ्कफुडको प्रयोग बढ्दै जाँदा गाउँघरमा पाइने नेपाली मौलिक र अर्गानिक खानेकुरा हराउँदै गएको बताए। उनले बजारमा आएका जङ्कफुडका कारण बालबालिकाले कोदो-फापरको रोटी र भुटेका मकैको स्वाद भुलिसकेको भन्दै अभिभावकलाइ घरमै उत्पादित खानेकुरा खाजाको रुपमा पठाउन अनुरोध गरेका थिए ।