बुढानिलकण्ठ प्रमुख उद्दव खरेल द्वारा गुरुङ टोलमा बाटो ढलान योजनाको निरीक्षण

बुढानिलकण्ठ प्रमुख उद्दव खरेल द्वारा  गुरुङ टोलमा बाटो ढलान योजनाको निरीक्षण

कपन अनलाइन

काठमाडौं ,चैत २।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले कपन क्षेत्रको डुवान समस्या समाधानका लागि निर्माण हुदै गरेको गुरुङ टोल स्थित बाटो  ढलान तथा ढल विस्तार योजनाको निरीक्षण गरेका छन ।

बुढानिलकण्ठ वडा नं ११ को गुरुङ टोल क्षेत्रमा वर्षातको समयमा डुवान हुने समस्याका वारेमा वडा नं १२ को पायोनियर स्कुलमा आयोजित एक कार्यक्रममा स्थानीयहरुले गुनासो व्यक्त गरे पश्चात नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईको सक्रिय पहलमा संचालन भएको उक्त योजनाको निरीक्षणमा पुगेका प्रमुख खरेलले योजनाको वारेमा विविध जानकारी लिएका थिए ।

साततले आनिगुम्बा ढल विस्तार र सडक निर्माण आयोजना अगाडी बढाउदै वर्षौ देखि डुवानको समस्याले पिडित बनेका कपन क्षेत्रका जनताको समस्यामा मलम लगाउने प्रयासमा यस योजनाले निकै ठुलो मदत्त पुग्ने प्रमुख खरेल संगै निरीक्षणमा रहेका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले बताए ।

योजना निरीक्षण संगै स्थानीय संग अन्तरक्रिया गर्दै नगर प्रमुख खरेलले बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा संचालन भएका विकास योजनाको अनुगमन र निरीक्षणमा अपहू रहेको र ति योजनालाई समयमा नै सम्पन्न गर्दै आगामी दिनमा सामाजिक विकासका विशेष योजना संचालन गर्ने तयारीमा आफु रहेको जानकारी दिएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।