लायन्स क्लब अफ काठमाडौं दर्पण द्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं दर्पण द्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

कपन अनलाइन

काठमाडौं,चैत्र २। लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं दर्पणले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित स्वर्ण  शिक्षा स्कुलमा अध्ययनरत ४ जना बिद्यार्थीहरुको लागि छात्रवृत्ति तथा शैक्षिक सामग्री  आज एक कार्यक्रमको बीचमा सहयोग गरेको हो।

लायन्स क्लब अफ काठमाडौं दर्पणले उक्त बिद्यालयमा अध्यनरत ४ जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुको शिक्षामा सहयोग पुगोस भन्ने हेतुले  बिद्यार्थीहरुको बार्षिक शैक्षिक शुल्कको रुपमा करिब ८० हजार रुपैया सहित शैक्षिक सामग्री वितरण गरेको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल रहेका थिए भने बिशेष अतिथि को रुपमा चिफ ए ओ जी लायन कर्मा गुरुङ, चिफ एरिया कोर्डिनेटर लायन सुरेन्द्र प्रकाश बालय स्वर्ण शिक्षा स्कुलका प्रिन्सिपल गोबिन्द बहादुर श्रेष्ठ, लायन विजय श्रेष्ठ ,लायन रामेश्वर बिष्ट लगायत बिध्यालयका शिक्षक तथा  बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी(राजन)ले गरेका थिए भने कार्यक्रम संचालन जोन चियरपर्सन लायन अच्युत बिष्टले गरेका थिए।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं दर्पणका सचिब रमेश पराजुलीले झण्डा को अभिबादन बाचन गरेका थिए ।सोहि कार्यक्रममा एक मिनेट विश्व शान्तिको कामना गर्दै मौन प्रार्थना गरिएको थियो ।कार्यक्रममा स्वर्ण शिक्षा स्कुलका प्रिन्सिपल गोबिन्द बहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवालले श्वर्ण शिक्षा स्कुलका प्रिन्सिपल गोबिन्द बहादुर श्रेष्ठलाइ चेक हस्तान्तरण गर्नुको साथै बिद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत स्कुल ब्याग ,कापी कलम वितरण गरेका थिए।

उक्त कार्यक्रममा बोल्दैरुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवालले आयोजकलाइ धन्यबाद ब्यक्त गर्दै लान्यस क्लब को उदेश्य नै सामाजिक कार्य गर्नु भएकोले आफुहरु निरन्तर सेवामा लागि रहेको  बताए। लायन्स क्लबले बिद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामग्री वितरण लगायतको क्रियाकलाप गर्दै आएको बताए।

उनले बाटो खानेपानी लगायतको विकास भएर मात्र विकास नहुने भन्दै समग्र बिकासको लागि शिक्षामा  विकास हुनुपर्नेमा पनि जोड दिएका थिए। उनले शिक्षामा उचित लगानि गर्न सकेको खण्डमा मात्र समाजको बिकास हुने र समाजको बिकास भएपछी मात्र देशको बिकास हुने भएकोले सहयोग  लायन्स क्लबले शिक्षाको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी(राजन) र जोन चियर पर्सन अच्युत बिष्टलाइ कार्यक्रम का प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल बाट  सामाजिक सेवाको  उत्कृष्ट कार्य गरेको भन्दै अन्तर्राष्ट्रिय पिन बाट सम्मान समेत गरिएको थियो ।

सभाध्यक्षको आसन बाट बोल्दै लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी(राजन)ले उपस्थित सबैलाई धन्यवाद दिदै लायन्स क्लब अफ काठमाडौं दर्पणले बिगत देखिनै छात्रवृत्ति प्रदान गर्दै आएको स्मरण गराएका थिए उनले त्यो क्रमलाइ निरन्तरता दिने प्रतिबद्धता समेत गरेका थिए ।

उनले लायन्स क्लब इन्टरनेसल डिस्ट्रिकको कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुको लागि कापी संकलन कार्यको प्रसंशा गर्दै सो कार्यमा पनि कोहि  इक्छुक भएमा कापी दिन सक्ने बताउदै लायन्स क्लब अफ काठमाडौं दर्पणले एक हजार थान कापी संकलन गरेको र आगामी शैक्षिक सत्रमा आवश्यक बिध्यालयमा वितरण गर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।