बिहान सवेरै जनताको सेवाका लागि घरदैलोमा पुग्छन बुढानिलकण्ठ -१२ का अध्यक्ष शम्भु भट्टराई

बिहान सवेरै जनताको सेवाका लागि घरदैलोमा पुग्छन बुढानिलकण्ठ -१२ का अध्यक्ष शम्भु भट्टराई

कपन अनलाइन 

काठमाडौं ,चैत २।

बुढानिलकण्ठ नगरपालिकाका एक वडा अध्यक्ष बिहान सवेरै देखि नियमित जनताको घर दैलोमा पुगेका हुन्छन् । आफ्नो नियमित प्रातकालिन भ्रमणलाई जनता संग साक्षात्कार गर्ने योजना बनाएका यी वडा अध्यक्ष हरेक दिन फरक फरक रुट बनाएर वडाका विभिन्न स्थान घुम्ने गरेका छन।

वडामा सन्चालन भएका निर्माण र विकासका काम भएको क्षेत्रलाई प्राथमिकतामा राखेर उनले दैनिक रुट तय गर्ने गरेका छन । यसरी हरेक दिन सवेरै देखि जनताको समस्या बुझ्दै उनिहरुको सेवामा तल्लिन रहने अध्यक्ष हुन बुढानिलकण्ठ -१२ का शम्भु भट्टराई ।

प्रातकालिन भ्रमणमा यसै समय जाने र त्यसलाई अधिकतम रूपमा जन हितमै लगाउने आफ्नो सोच अनुरुप प्रत्येक दिन नयाँ नयाँ क्षेत्रमा जाने गरेको अध्यक्ष भट्टराई बताउछन् ।

यसरी आफू पुग्दा स्थानीयहरुको समस्या बुझ्न र तिनको समाधान उनीहरुको राय सल्लाहमा खोज्न पाइने उनको बुझाइ रहेको छ।

आफुले निर्वाचनको घोषणा पत्रमा प्रतिवदत्ता व्यक्त गरेका करिव ९० प्रतिसत काम सम्पन्न गरेको बताउदै अध्यक्ष भट्टराईले यसरी जनता सङ प्रत्यक्ष जोडिएर छलफल गर्दा नयाँ योजना निर्माणमा निकै सहयोग पुगेको धारणा राख्दछ्न।

यसरी जनता सङ्को प्रत्यक्ष भेटघाटले जनप्रतिनिधि र वडाका जनता बीचको सम्बन्ध प्रगाढ बनेको अनुभव गरेका अध्यक्ष भट्टराईले यसले निर्माण योजनाहरुको जनता कै  संलग्नता अनुगमन गर्दा प्रभावकारी र दिगो विकास गर्न सहज भएको बताउँछन।

बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा सानो वडाका रूपमा रहेको वडा १२ मा अध्यक्ष भट्टराई संगै शान्ता ढकाल , पुरुशोत्तम नेपाल , डिल्ली प्रसाद खतिवडा र मिना बयलकोटी निर्वचित बनेका थिए।

तपाइँको प्रतिक्रिया ।