सरसफाई संगै कोरोना भाइरसको जनचेतना जगाउदै संगम टोल सुधार समिति गोकर्णेश्वर ८

सरसफाई संगै कोरोना भाइरसको जनचेतना जगाउदै संगम टोल सुधार समिति गोकर्णेश्वर ८

कपन अनलाइन

काठमाडौं चैत्र २ ।हरेक हप्ताको प्रत्येक शनिबार आफ्नो टोल सरसफाई गर्दै आएको संगम टोल सुधार समितिले सरसफाईको साथै चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण को बारेमा जनचेतना जगाउने कार्य समेत गरेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८मा रहेको  संगम टोल सुधार समितिका अध्यक्ष प्रकाश अधिकारीको नेतृत्वमा प्रत्येक हप्ता सरसफाईको कार्य हुदै आएको छ।

शनिबार भने सरसफाईको साथै  कोरोना भाइरस समबन्धि जनचेतना मुलक संदेश समेत दिइएको थियो । कोरोना भाइरसका लक्ष्णहरु, कोरोना भाइरस कसरी सर्छ र उक्त भाइरस बाट जोगिने उपायहरुको बारेमा जानकारी दिइएको थियो ।

उक्त सरसफाई कार्यक्रममा संगम टोल सुधार समितिका अध्यक्ष प्रकाश अधिकारीले  कोरोना भाइरसले  विश्वलाई नै सशंकित बनाएको संका उपसंका का पछाडी नलाग्न सबै मा अपिल गर्दै र सावधानी का उपायहरु अपनाइ व्यक्तिगत र वातावरणीय सर – सफाईमा बिशेष ध्यान दिदै सबै मिलेर यो भाइरस बाट  सचेत  हुन अग्रह समेत गरेका छन् ।

करिब दुइ वर्ष देखि निरन्तर रुपमा प्रतेक हप्ताको शनिबार सरसफाई गर्दै आएको संगम टोल सुधार समितिले बिभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आएको छ ।फुटेर होइन जुटेर काम गर्यो भने जे पनि सम्भब हुने  उदाहरण को रुपमा संगम टोल सुधार समितिलाई लिन सकिन्छ।

तपाइँको प्रतिक्रिया ।