बुढानिलकण्ठको विकासमा डा.राजन भट्टराईको सक्रियता : एकै दिन दर्जनौ योजना अवलोकन

बुढानिलकण्ठको विकासमा डा.राजन भट्टराईको सक्रियता : एकै दिन दर्जनौ योजना अवलोकन

कपन अनलाइन 

काठमाडौं ,चैत १।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडामा संचालित विकास योजनाहरुको अवलोकन गरेका छन।

डा. भट्टराईले सो अवसरमा योजनाहरुको प्रगतिको अवस्था,काममा परेका समस्याहरु र आगामी दिनमा सहजीकरणका लागि गर्नु पर्ने कामका वारेमा सरोकारवाला संग छलफल गरेका थिए । नगरपालिकामा संचालनमा रहेका योजहरुको स्थलगत अवलोकन गर्दै विकासको गतिलाई तीव्र बनाउने नियमित अभियान अन्तर्गत डा. भट्टराई जनप्रतिनिधि सहित जनताको घरमा पुगेर छलफल गरेका हुन् ।

डा. भट्टराईले सो अवसरमा वडा नं २ को सुन्दरटारको सडक , जेष्ठ नागरिक पार्क ,बदेली सडक ,देउवा चोक सडक ,पन्चकन्या सडक , धोवीढुंगा तल्लो भंगाल खानेपानी आयोजना लगायतका योजनाहरुको अवलोकन गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकामा यस वर्षलाई पूर्वाधार निर्माणको वर्षका रुपमा अगाडी सारेर बजेट लगायतका अन्य प्राविधिक पक्षको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डा.भट्टराईले सो अवसरमा वडा नं १३ को धोवीखोला कोरिडोरमा रिटेनिंग वालका लागि योजना बनाउन वडाका प्रतिनिधिलाई निर्देशन दिदै त्यसको बजेट व्यवस्थापन गर्ने आस्वासन दिएका थिए।

कपन क्षेत्रको डुवान समस्या समाधानका लागि सक्रिय पहल गरेका डा. भट्टराईले बुढानिलकण्ठ नगरपालिकाको माथिल्लो भेगमा खानेपानी समस्या समाधानका लागि संचालनमा रहेको योजनाको अवलोकन गर्दै तयसको विस्तारमा लाग्न वडाका प्रतिनिधिलाई निर्देशन दिएका थिए । उनले सो अवसरमा उक्त योजना संचालनमा बजेटको कुनै अभाव हुन् नदिने भन्दै कामको द्रुत संचालनमा जोड दिएका थिए ।

त्यस्तै करिव २ करोड ७० लाखको लागतमा निर्माणाधीन कालिका चौर पार्कको अवलोकन गर्दै डा. भट्टराईले नगरपालिकाका अन्य पार्कको निर्माण अवस्थाको वारेमा पनि जानकारी लिएका थिए ।

सो अवसरमा डा.भट्टराईको साथमा नेकपा बागमती प्रदेस कमिटि सदस्य सुन्दर पुर्कुटी ,नेकपा बुढानिलकण्ठ अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल ,वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का ,सदस्य ज्ञानु थापा ,सदस्य राजेन्द्र श्रेष्ठ लगायत उपस्थित रहेका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।