कोरोना सतर्कताबारे उपप्रधानमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच छलफल

कोरोना सतर्कताबारे उपप्रधानमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच छलफल

कपन अनलाइन

काठमाडौं ,चैत १।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवं नेपाल सरकारबाट गठित कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग सं‌युक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्ड र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि जोस भेन्डेलेरले भेटवार्ता गरेका छन ।

शुक्रबार दिउँसो रक्षा मन्त्रलयमा भएको भेटमा राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले उपप्रधानमन्त्री पोखरेललाई कोरोना भाइरसको बारेमा विभिन्न देशमा घटेका घटनाहरूको सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदन तथा कोरोना भाइरसको नियन्त्रणको लागि चाल्नुपर्ने आगामी कार्ययोजनाको बारेमा बनेको दस्तावेज हस्तान्तरण गरे ।

 

दस्तावेज हस्तान्तरणसँगै दुबै प्रतिनिधिले कोरोना भाइरसको नियन्त्रण सम्बन्धमा नेपालको विद्यमान अवस्था, यस सम्बन्धमा नेपाल सरकारले चालेका कदम तथा सतर्कताका उपायहरू तथा आगामी कार्यदिशाको बारेमा जिज्ञासा राखेकका थिए । प्रनिनिधिहरुको जिज्ञासाका बारेमा जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएको र यस विषयलाई उचित रूपमा व्यवस्थापन गर्न आवश्यक सबै प्रबन्धहरू मिलाइरहेको जानकारी दिएका थिए ।

उनले यस क्रममा राष्ट्रिय स्तरमा सरकारले आफ्नो संयोजकत्वमा विभिन्न मन्त्रालय÷निकायका प्रतिनिधिहरू रहेको उच्चस्तरीय समिति गठन गरेको बताए । उनले सो समितिले यस रोगलाई फैलन नदिन आवश्यक विभिन्न पक्षमा निर्णयहरू गरी कार्यान्वयनमा ल्याइरहेको र त्यसको सघन अनुगमन पनि गरिरहेको बताए ।

तपाइँको प्रतिक्रिया ।