गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा चैत्र २ गते बाट दादुरा -रुबेला खोप अभियान संचालन हुने

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा चैत्र २ गते बाट दादुरा -रुबेला खोप अभियान संचालन हुने

कपन अनलाइन

काठमाडौं चैत्र १ गोकर्णेश्वर नगरपालिका वडा नं ५  मा चैत्र २  गते बाट दादुरा –रुबेला खोप अभियान संचालन हुने भएको छ । चैत्र २,३ र ४ गते१० बजे देखि ४ बजे सम्म जोरपाटी स्थित वडा नं ५ को कार्यालय मा खोप कार्यक्रम संचालन हुने भएको छ भने चैत्र २,३र ४ गते नै बिहान १० बजे देखि ४ बजे सम्म शंखरापुर् अस्पताल मा हुने भएको  छ।

 त्यसैगरी  चैत्र २ ,३ र ४ गते नै बिहान १० बजे देखि ४ बजे सम्म अर्थोपेडिक अस्पताल मा खोप कार्यक्रम संचालन हुने भएको छ भने  चैत्र ८ र ९ गते बिहान १० बजे देखि  ४ बजे सम्म जम्बुडाँडा प्रहरी चौकी परिसरमा र चैत्र ८ गते गोकर्णेश्वर नगरपालिका वडा नं ५ बासुकी चोक मा खोप कार्यक्रम संचालन हुने हुँदा खोप बाट कुनै पनि बालबालिका नछुटुन भन्नको लागि  सार्वजनिक सुचना  मार्फत सम्बन्धित सबैलाई  तोकिएको खोप केन्द्रमा  आ- आफ्नो ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई लैजान समेत गोकर्णेश्वर नगरपालिका वडा नं ५  ले अनुरोध गरेको छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस [रुवेला भाईरस ]कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ  ।

तपाइँको प्रतिक्रिया ।