आयल निगमलाई संचयकोषले ऋण नदिने

७ जेठ, काठमाण्डौं । आफ्नो सर्त अस्वीकार गरेको भन्दै कर्मचारी सञ्चयकोषले नेपाल आयल निगमलाई ऋण दिन अस्वीकार गरेको छ ।

सरकार जमानत बसेर ऋण दिएको दोलखाको खरिढुंगा आरेन्टियल म्याग्नेसाइडको रकम फिर्ता माग्दा नदिएको भन्दै कोषले आयल निगमलाई दिईने भनेको ऋण सहयोग दिन अस्वीकार गरेको हो ।

कोषले सो कम्पनीबाट व्याजवापत आउने ३६ करोड रुपैयाँमात्र आएपनि आयल निगमलाई ऋण दिन सकिने सर्त सहितको पत्र सरकारलाई पठाएको थियो । उक्त पत्रको जवाफ नआएकाले निगमलाई ऋण दिन अस्वीकार गरेको कोषले जनाएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

कोषको यो निर्णयसँगै सरकारले आयल निगमलाई ऋण सहयोग गर्ने भन्ने योजना पनि अलपत्र परेको छ ।

तपाइँको प्रतिक्रिया ।