ग्रीन तारा चाइल्ड हेभन स्कुल आरुबारीमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ बिध्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं फागुन २१। गोकर्णेश्वर नगरपालिका वडा नं ९को संयोजनमा वडा भित्र संचालित माध्यमिक बिध्यालयका बिद्यार्थीहरु भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने मूल उदेश्यका साथ बिभिन्न अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ भित्र संचालित ६ वटा माध्यमिक बिद्यालयहरु बीच आपसी सदभाब मेलमिलाप र भाइचाराको समबन्ध स्थापित होस् भन्ने उदेश्यका साथ् निबन्ध लेखन, वक्तृत्वकला हाजिरी जवाफ, कविता लेखन तथा बाचन र चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । जस अन्तर्गत फागुन २० गते नव अरुणिमा आरुबारीमा हाजिरी जवाफ गरिएको थियो भने फागुन २१ गते ग्रीन तारा चाइल्ड हेभन स्कुलमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिता आयोजकको रुपमा ग्रीन तारा चाइल्ड हेभन स्कुल रहेको थियो । गोकर्णेश्वरको सम्पदा शिर्षक दिइएको सो चित्रकला प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा समाजसेवी डा सुमित्रा सिंह, वडा सदस्य एबम कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा, वडा सदस्य हरिकृष्ण कारंजित ,दलित महिला वडा सदस्य गमला कुमारी परियार, गोकर्णेश्वर नगरपालिका वडा नं ९ प्रशासन प्रमुख सरला नेपाल , वडा सचिब संगीता बराल, शिक्षक बिभिन्न सहभागी बिध्यालयका प्रिन्सिपल,शिक्षक प्रतिनिधि ग्रीन तारा चाइल्ड हेभन स्कुल शिक्षक लगायत प्रतियोगितामा सहभागी प्रतियोगी बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता ग्रीन तारा चाइल्ड हेभन स्कुलका प्रिन्सिपल प्रकाश नगरकोटीले गरेका थिए भने कार्यक्रम संचालन साहित्यकार एबम शिक्षक नारायण नेपालले गरेका थिए । राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले बालबालिकामा लुकेका प्रतिभालाई प्रस्फुटन गराउनका लागि कार्यक्रम आयोजना गरेको स्पष्ट पारेका थिए।
शैक्षिक ज्ञान र शिप विकास को साथ साथै अतिरिक्त क्रियाकलापको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी बिच एकता, सहकार्य र भाईचारा अभिबृद्दी गराउनु को साथै वडा भित्र रहेका शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे ।
उनले चित्रको माध्यम बाट गोकर्णेश्वर नगरपालिका भित्र रहेको सम्पदाको बारेमा ज्ञान दिने उदेश्य समेत प्रतियोगिताले राखेको बताएका थिए। चित्रकला संचारको भरपर्दो बिषय भएको उल्लेख गर्दै चित्रकलाको माध्यमबाट समस्त कला संस्कृति र रहनसहनको प्रस्तुति गर्न सकिने समेत बताए। चित्रकला रचनात्मक कार्य भएकोले कलापूर्ण मानिसबाट सबै जनाले ज्ञान आर्जन गर्ने अवसर मिल्ने पनि बताए ।
उनले सामुदायिक बिद्यालय र संस्थागत बिध्यालयका बिद्यार्थीहरु बिच सकरात्मक भातृत्वको भावना बृद्धि गर्न, बालबालिकाहरुको बौद्धिक क्षमता अभिबृद्धी गर्न, स्वच्छ र सकरात्मक प्रतिष्प्रर्धात्मक व्यहावहारको उजागर गर्न, बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न यस्ता प्रतियोगिताले सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे । उनले नियमित अध्ययनसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको माध्यमले सृजनशील बनाउने भन्दै आगामि दिनमा पनि वडाले बिद्यालयमा यस्तै शैक्षिक र रचनात्मक कार्यक्रम संचालन गर्ने पनि बताए। प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाई वडाले बिशेष समारोहका बीच पुरस्कृत गर्ने पनि बताए ।
सभाध्यक्षको आसन बाट बोल्दै ग्रीन तारा चाइल्ड हेभनका प्रिन्सिपल प्रकाश नगरकोटीले उपस्थित सबैलाई धन्यबाद दिदै बिद्यालयमा अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए ।उनले अतिरिक्त कृयाकलापमा भाग लिन थाले पछि बिद्यार्थीहरुको पढाईमा समेत अभिरुचि बढ्ने भएका कारण बिद्यार्थीहरुलाई सक्रिय बनाउन आवश्यक रहेको बताए । बिद्यार्थीमा भएको अन्तर निहित प्रतिभा प्रस्फुटनका लागि वडामा संचालित सामुदायिक र संस्थागत बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुको प्रतिभा पहिचानका लागि आयोजित उक्त कार्यक्रम सफलताको कामना गर्दै आगामी दिनमा पनि त्यस्ता कार्यक्रमलाइ निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।