गोकर्णेश्वर नगरपालिका वडा नं ४को दादुरा- रुबेला खोप सम्बन्धी सूचना

गोकर्णेश्वर नगरपालिका वडा नं ४को दादुरा- रुबेला खोप सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौं फागुन ३० ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा चैत्र ३ गते बाट दादुरा –रुबेला खोप अभियान संचालन हुने भएको छ चैत्र ३ गते गोकर्ण लाइट एकेडेमी माकलबारी एरियामा संचालन हुने भएको छ भने चैत्र ४ गते वर्ल्ड युथ इन्टरनेसनल स्कुल देशे गाउमा।

त्यसै गरि चैत्र ६ गते गोकर्ण माध्यमिक बिद्यालय ,उत्तर बहिनि बोर्डिंग स्कुलमा  खोप कार्यक्रम संचालन हुने भएको  छ भने   चैत्र ७ गते श्वर्ण शिक्षा स्कुल हनुमान चोक ,र चैत्र ९ गते  गोकर्ण प्राथमिक अस्पताल, सहयोगी उच्च माबी र गोकर्ण महादेव आवसीय स्कुल वरिपरी खोप संचालन हुने भएको हो। बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म हुने उक्त खोप कार्यक्रममा आ आफ्नो ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लैजान समेत गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले अनुरोध गरेको छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस [रुवेला भाईरस ]कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ  ।

तपाइँको प्रतिक्रिया ।