बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा लुडेखोला करिडोर पार्क शिलान्यास सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा लुडेखोला करिडोर पार्क शिलान्यास सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन ३० ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ लुड़ेखोला करिडोरमा पार्क निर्माण हुने भएको छ। बुधबार बागमती प्रदेशका प्रदेश सांसद दिपक निरौलाले एक कार्यक्रमका बीच उक्त पार्कको शिलान्यास गरेका हुन् ।उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसी, निर्माण समितिका  कैलाश खड्का  सहित वडा सदस्य एबम स्थानीयहरुको उपस्थिति रहेको थियो।

करिब २ रोपनी जग्गालाई पार्कको रुपमा निर्माण गर्न लागिएको हो प्रदेश सरकार बाट प्राप्त ५० लाख बाट काम अघि बढाउन लागिएको हो । सो पार्कको राजेन्द्र महर्जनले डी पी आर  निर्माण गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को २३७ नं कित्ता  र कित्ता नं ६ मा भएको  अतिक्रमित सार्वजनिक जग्गालाई वडाको सक्रियतामा छुट्टयाइ पार्क निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीले उपस्थित सबैलाई धन्यबाद दिएका थिए उनले सो स्थानमा रहेको सार्वजनिक जग्गालाई स्थानीय दाजुभाइको सहयोग द्वारा वडा कार्यलय मार्फत त्यसलाई सीमांकन गर्ने छुट्टयाउने काम गरिएको जानकारी गराए। उनले विकास निर्माणको क्रमलाइ नमुना किसिमले अघि बढाउँनको लागि व्यवस्थित पार्कको निर्माण गर्नु पर्छ भनेर सबैको सल्लाह बमोजिम उक्त स्थान छनौट गरेको जानकारी गराए । उनले सो पार्क निर्माणको लागि सहयोगी भूमिका खेलेकोमा प्रदेस सांसद दिपक निरौलालाई धन्यवाद दिएका थिए ।उनले वडा नं ६ मा पहिलो र नया पार्क निर्माण हुन लागेको मा खुसि ब्यक्त गर्दै सो कार्यमा सबैको सकारात्मक  सहयोगको अपेक्षा गरेका थिए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद दिपक निरौलाले  सार्वजनिक जमिनलाइ सबैको हितमा प्रयोग गर्ने सबैको उदेश्य बमोजिम उक्त स्थानमा पार्क बनाउन लागिएको  बताए। उनले पार्क निर्माण संग संगै भोलिका दिनमा त्यसको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी पनि स्थानीयको नै भएको बताए । उनले निर्माण संग संगै दिगो ढंगले त्यसलाई व्यवस्थापन गरि उदाहरणीय रुपमा त्यसलाई प्रस्तुत गर्नु पर्नेमा जोड दिए ।

उनले विकास निर्माणको कार्यले गर्दा बाटो अवरुद्द भएको जानकारी गराउदै सो क्षेत्रको बाटो  चैत्र बैशाख भित्रमा बाटोलाई पूर्णता दिने ढंगले कार्य अघि बढिरहेको पनि जानकारी गराए । उनले ढलमा  एम पी २ को पाइप हटाएर एम पी ३ को पाइप जडान गर्न लागिएको पनि बताए।  उनले सडक निर्माणमा निर्वाचन मा निर्वाचित गराएको संघिय सांसद वर्तमान नेपाल सरकारका उपप्रधान एबम रक्षा मन्त्रि इश्वर पोखरेलको सक्रियतामा वडाबासि   नगरपालिका र  स्थानीय बासिको अनुरोधमा सो काम अगाडी बढाउने काम भएको पनि जानकारी गराए । उनले गत वर्ष बर्षाको कारणले क्षति भएको लुड़ेखोलाको  केहि भागमा प्रदेश बाट बिनियोजन भएको  २५ लाख बाट काम भइरहेको जानकारी गराए। उनले बिगतमा  लगाएको  वालको प्रबिधि र अहिले लगाएको प्रबिधि फरक भएको हुँदा त्यो २५ लाख बाट कम काम देखिए पनि गुणस्तरीय मजबुत हुने गरि भइरहेको बताए ।

उनले गत वर्ष इटालीटार बाट आउन पर्ने पुल वर्षाको कारण भत्किएको र त्यति खेर आफु सहित  उप प्रधानमन्त्रि स्वयम स्थलगत निरीक्षणमा आएको  र  बनाउने प्रतिबद्धता गरेको स्मरण गर्दै  प्रशासनिकलगायतका समस्याका कारण बन्न नसके पनि हाल त्यो प्रदेश सरकार बाट त्यसको लागि बजेट बिनियोजन भएको र बहु बर्षे ठेक्का लाग्ने गरि ठेक्काको प्रकियामा गैसकेको पनि जानकारी गराए। बैशाख बाट त्यसको पनि काम सुरुवात हुने बताए  उनले नया पत्रिकाको प्रेस रहेको ठाउ देखि चपली गाउको घुम्तीको पुल सम्मको लागि दाया बाया ६/६ मिटरको मापदण्ड कायम भएको छ त्यो मापदण्ड अनुसार स्थानीय जनप्रतिनिधि सहित केहि समय अघि सर्वे को काम गरेको जानकारी गराउदै ६ मिटरको बाटोमा ढलको पनि व्यवस्थापन गरेको जानकारी गराए ।उनले करिब ६५ करोडको लागत निस्किएको जानकारी गराए उनले आउने आर्थिक वर्ष बाट त्यस  कामको पनि सुरुवात गर्ने बताए। उनले त्यसमा नदि नियन्त्रण सहित का काम हरु रहेको बताए।

 उनले त्यस बीचमा लुड़ेखोला दायाँबाया जहाँ जहाँ सम्म सार्वजनिक जग्गा भेटिन्छन त्यहा नाप नक्सांकन गरिने र सबैको हितमा हुने गरि कामको व्यवस्थापन गरिने जानकारी गराए। उनले उपप्रधानमन्त्रीलाइ ल्याउने सोच बनाएको भए पनि टोखा नगरपालिकाको नया भवन शिलान्यास कार्यक्रम भएको हुँदा  उप प्रधानमन्त्रीले आफु आउन नसके पनि सदभाब शुभकामना सबैलाई सम्झेको संदेश पनि उनले सुनाएका थिए । उनले उक्त पार्कमा व्यायाम हल समेत निर्माण गर्ने सोच रहेको जानकारी गराए । उनले पार्क निर्माण कार्य एक वर्ष भित्रमा पूर्णता दिने गरि काम गर्नुपर्ने उनको भनाइ रहेको थियो। उनले सो कार्यमा सबैको साथ र सहयोगको समेत अपेक्षा गरेका थिए।

तपाइँको प्रतिक्रिया ।