विकास निर्माणको कार्यमा फुटेर होइन जुटेर लागौ :प्रकाश अधिकारी (प्रमुख ,टोखा नगरपालिका )

विकास निर्माणको कार्यमा फुटेर होइन जुटेर लागौ :प्रकाश अधिकारी (प्रमुख ,टोखा नगरपालिका )

कपन अनलाइन

काठमाडौं ,फागुन ३०।

प्रकाश अधिकारीले विकास निर्माणको कार्यमा फुटेर होइन जुटेर लाग्नुपर्ने बताएका छन।उनले टोखा नगरपालिकाको भवन शिलान्यास तथा साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले टोखा नगरपालिकाले एतिहासिक कार्य गरेको बताएका छन्  टोखा नगरपालिकाले गरेको यो कार्य भवन शिलन्यास र साक्षर घोषणा कार्यक्रम अविस्मरणीय रहने  बताएका थिए ।

उनले नगरपालिकाको भवन निर्माणको लागि जिल्ला विकास समन्वय समितिले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद दिदै  ५० देखि ६० प्रतिशत कार्य गर्ने सफल भएको उनले बताए सुरुका दिनमा जनताहरु विभिन्न मागहरु लिएर आउने क्रममा कमी भएको जानकारी दिएका थिए ।

त्यस्तै उक्त अवसरमा  उनले सबै मिलेर श्रोत र साधनको प्रयोग गरेर विकास निर्माण कार्यमा जुट्नको लागि अनुरोध गरेका थिए।टोखा नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि सबै पक्षको सहयोगका लागि अपिल गर्दै प्रमुख अधिकारीले यसका लागि नगरपालिकाले ठोस योजना बनाएर अगाडी बढेको जानकारी दिएका थिए।

तपाइँको प्रतिक्रिया ।