गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा १५ दिने उद्घोषण तालिम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा १५ दिने उद्घोषण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं, फागुन २९ । व्यक्तित्व बिकासका लागि आवश्यक सीपमध्यको उद्घोषण क्षमता विकास गर्ने उदेश्यले गोकर्णेश्वर नगरपालिका वडा नं ४ संचालित १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ। गत फागुन ११ गते देखि संचालित उक्त तालिम बुधबार सम्पन्न भएको हो। कुल २८ जना सहभागी भएको सो तालिमलाइ प्रशिक्षक एबम संचारकर्मी प्रशंन्न ढुंगानाले सहजीकरण  गरेका थिए ।

 बुधबार उक्त तालिमको एक कार्यक्रमका बीच समापन गरिएको थियो। गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अध्यक्षतामा समपन्न उक्त समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सचिब नवराज सेन ,कार्यक्रम संयोजक एबम वडा नं ४ का वडा सदस्य जयराम महत प्रशिक्षक प्रशन्न ढुंगाना वडाका कर्मचारी सहित प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन प्रशिक्षार्थी शर्मिला भट्टले गरेकी थिइन।

कार्यक्रमका संयोजक एबम गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महतले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए। उनले तालिममा सिकेका विषयलाई प्रशिक्षार्थीले ब्यवहारमा पनि उतार्नेमा आफु विश्वस्त रहेको बताए ।

उनले समाज रुपान्तरणमा उद्घोषण तथा भाषणकला तालिमको आवश्यक रहेको बताउँदै देशलाई समृद्ध बनाउन महिलाको क्षमता अभिवृद्धि गराउनुपर्नेमा जोड दिदै वडाले त्यस्ता कार्यक्रमलाइ प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताए तालिमको समयावधि छोटो भएको भन्दै पुनः पुनर्ताजगी तालिम आवश्यक परेमा पनि  वडाले  त्यस तर्फ पनि सोच्ने बताए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फ बाट बोल्दै प्रशिक्षार्थी सुबोध सेनले तालिमबाट आफुहरुले धेरै नयाँ तरिकाहरु सिक्न पाएको र अबका दिनमा कार्यक्रम संचालन लगायात जे जस्तो बक्ताको दाइत्व निर्बाह गरि कसरी सार्थक रुपमा बोल्नु पर्ने ज्ञान प्राप्त भएकोमा धेरै खुसि ब्यक्त गरेका थिए। तालिमले आफुमा निकै आत्मबल बढेको र तालिममा सैद्धान्तिक र ब्यबहारिक ज्ञान हासिल गरेको कुरा  ब्यक्त गर्दै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि संचलान होस् भन्ने कामना गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक एबम संचारकर्मी प्रशन्न ढुंगानाले  उद्घोषकले कुनै पनि कार्यक्रम संचालन गर्दा सहि र उपयुक्त तरिका अपनाएर संचलान गर्दा सुनमा सुगन्ध थपेझै हुन्छ भन्दै  सिकेका ज्ञानलाइ व्यवहारमा उतार्न अनुरोध गरेका थिए । उनले समय छोटो भए पनि  प्रशिक्षार्थीहरुमा आत्मविश्वास भर्ने काम तालिमले गरेको बताए। उनले जीवनका सबै मोडहरुमा प्रगतिपथमा पुग्न साथ दिने भएकोले तालिम आयोजना गरेर वडाले उच्च कार्य गरेको भन्दै वडालाइ धन्यबाद दिएका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले तालिममा  सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । उक्त तालिममा उत्कृष्ट  प्रशिक्षार्थीको रुपमा शर्मिला भट्ट घोसित  भएकी थिइन् ।अध्यक्षताको आसन बाट बोल्दै वडा अध्यक्ष श्री कुमार श्रेष्ठले तालिममा सिकेका कुरा ब्यबहारमा लागु गरे मात्र तालिम लिएको सार्थक हुने बताए।

सिकाइ नसकिने यात्रा भएकाले समाज परिवर्तनका लागि आफूले सिकेका विषय वस्तुलाई स्थानीयस्तरमा प्रयोग गरी सभ्य र सुसंस्कृत समाज निर्माणको अभियानमा जुट्न  अनुरोध समेत गरेका थिए।

तपाइँको प्रतिक्रिया ।