लायन्स क्लब अफ काठमाडौं जेनिथको सप्ताह व्यापी आँखा शिबिर एबम आँखा सम्बन्धी प्रशिक्षण सम्पन्न

लायन्स क्लब अफ काठमाडौं जेनिथको सप्ताह व्यापी आँखा शिबिर एबम आँखा सम्बन्धी प्रशिक्षण सम्पन्न

कपन अनलाइन

काठमाडौँ,फागुन २७ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जेनिथको आयोजनामा सप्ताहव्यापी आँखा परिक्षण एवं आँखा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

चामुण्डा माध्यमिक विद्यालयमा आयोजना भएको सो कार्यक्रममा  बालबालिकाहरुमा आँखा सम्बन्धी समस्या आउन नदिन ‘साइट फर किड्स कार्यक्रम’ अन्तर्गत लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ए१ ले यस्ता कार्यक्रम देशब्यापी रुपमा आयोजना गर्दै आएको कुरा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए १ नेपालका साइट फर किड्स प्रोजेक्ट चियरपर्सन धनप्रसाद लामिछानेले जानकारी दिए ।

जोन चियर्स पर्सन अच्युत बिष्टले कार्यक्रमको निरिक्षण गरेका थिए । चामुण्डा माध्यमिक विद्यालय जोरपाटी काठमाडौका नर्सरी देखि कक्षा १० सम्मका करिव १ हजार जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो  । लायन्स क्लब अफ काठमाडौ जेनिथको आयोजना  तथा नेपाल मेडिकल कलेज आत्तरखेलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा आँखाका बिरामी विद्यार्थीहरुलाई औषधीसमेत निःशुल्क वितरण गरिनुका साथै आँखा सचेतना कक्षाहरु सञ्चालन गरिएको थियो ।

कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएकोमा १३२ जना विद्यार्थीको आँखामा समस्या देखिएकाले उनीहरुका लागि चश्मा र औषधी निःशुल्क उपलब्ध गराइने आयोजक लायन्स क्लब अफ काठमाडौ जेनिथका अध्यक्ष चन्दनविक्रम शाहले जानकारी दिए । क्लबका सचिब प्रतिष्ठा तिमल्सिना, कोषाध्यक्ष पवित्रा सुवेदी, सदस्य विक्रम दोङ लगायतले सामुदायिक विद्यालयका विद्यार्थीहरु लाई सहयोग गर्न पाउदा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताए ।

तपाइँको प्रतिक्रिया ।