लायन्स क्लब अफ काठमाडौं डाँफेको बृहत रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न

लायन्स क्लब अफ काठमाडौं डाँफेको बृहत रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन २७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाण्डौं डाँफेद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । कोरोना (KOVID 19) भईरसको संक्रमणको त्रास र प्रतिकुल मौसमको बाबजुत कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

काठमाडौं उपत्यकामा ब्याप्त रगत अभाबलाइ मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसंचार केन्द्रका प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ को कार्यालय प्राङ्गणमा बह्येको सो रक्तदान कार्यक्रम मार्फत  ४७ पिन्ट रगत संकलन भएको थियो  ।

रक्तदान गर्न सहभागि हुनु भएको ५७ जना रक्तदाताहरु मध्ये ४७ जना रक्तदाताहरुले रक्तदान गर्न सफल  भएको थिए  भने १० जना रक्तदाताहरु विविध स्वास्थ्य समस्याको कारणले रक्तदान गर्न असमर्थ  रहेका थिए । कार्यक्रममा ५ जना महिला तथा ४२ जना पुरुष रक्तदाताले रक्तदान गरे जस मध्ये १८ देखि २५ बर्ष उमेर समुहका ११ जना २६ देखि ४५ बर्ष उमेर समुहका ३० जना र ४६ देखि ६० बर्ष उमेर समुहका ६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

KOVID 19 भाईरसको संक्रमणको त्रास र प्रतिकुल मौसमको बिच सम्पन्न कार्यक्रममा सहभागि भई कार्यक्रम सफल पार्न सहयोग गनुहुने सम्पुर्ण रक्तदाता महानुभावहरु, कार्यक्रम व्यवस्थापनमा सहयोग गगर्ने  स्वयंसेवी साथिहरु, कार्यक्रममा प्राविधिक सहयोग गर्न खटिएका  नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसंचार केन्द्रका प्रविधिकहरु, सबैलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल  लायन सुनिल भक्त श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर कुमारराज सुवेदी ,डिस्ट्रिक  फर्स्ट  भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ लायन कर्मा गुरुङ ,लायन दिपेन्द्र शाक्य, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए १ , नेपालका साइट फर किड्स प्रोजेक्ट चियरपर्सन धनप्रसाद लामिछाने लगायत लायन्स लिडर तथा सदस्यहरुले रक्तदान गर्ने रक्तदाता हरुलाई प्रसंशा पत्र वितरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।