राष्ट्रिय अखण्डता नै सर्वोपरी हुनुपर्छ: प्रचण्ड

६ जेठ, चितवन । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै संविधान जारी राजनीतिक दलसामु कुनै विकल्प नभएको बताएका छन् । संविधान जारी गरेर समुन्नत नेपाल निर्माणका लागी अगाडी बढ्नका लागी अन्य कुनै विकल्प बाकी नरहेको उनको धारणा थियो ।

चितवनको भरतपुरस्थित नमुना नारायणी उमाविको स्वर्ण महोत्सव समारोहमा बोल्दै प्रचण्डले शान्ति प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा सहमतिका लागि सकारात्मक वातावरण बनेको बताउँदै अहिले रहेका मतभेद अन्त गर्न प्रमुख राजनीतिक दल निरन्तर छलफलमा रहेकाले भोलि सम्ममा नयाँ सहमति कायम हुने जिकिर गरेका छन् । उनले अहिले मुलुकमा विभिन्न जात, भाषा, धर्म र भुगोलको पहिचानका लागि विरोधका कार्यक्रम संचालन हुनुलाई अन्यथा मान्न नहुने बताए ।

इतिहासमा एकचोटी गठन हुने संविधानसभाले बनाउने संविधानमा आफ्नो पहिचान उल्लेख गराउन विरोधका कार्यक्रम गरिएपनि राष्ट्रिय अखण्डता सर्वोपरी हुनुपर्नेमा जोड दिए । ‘सामाजिक सदभाव नखलबलियोस भनेर सचेत बन्नै पर्छ,’ उनले भने,’यस्तो बेला विवेक, धर्य र साहस प्रदर्शन गर्न नसके समाजमा अप्ठेरो पर्छ ।’
तपाइँको प्रतिक्रिया ।