गोकर्णेश्वर नगरपालिकामा  दादुरा -रुबेला खोप अभियान संचालन सम्बन्धि खोप दिने स्वास्थ्यकर्मीहरुको एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा  दादुरा -रुबेला खोप अभियान  संचालन सम्बन्धि खोप दिने स्वास्थ्यकर्मीहरुको एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन २३ ।गोकर्णेश्वर नगरपालिकामा  दादुरा- रुबेला खोप अभियान संचालन सम्बन्धि खोप दिने स्वास्थ्यकर्मीहरुको एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय काठमाडौंको आयोजना तथा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखाको समन्वय मा बिहिबार  गोकर्णेश्वर नगरपालिकाको सभाहलमा भएको सो अभिमुखीकरण गोष्ठीमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय  जिल्ला स्वास्थ्य कार्यलयका अनन्त शर्मा लगायतले  सहभागी हरुलाई  दादुरा रुबेला खोप अभियानको बिषयमा जानकारी गराउनु को साथै कोरोना भाइरसको बारेमा पनि जानकारी गराएका थिए ।

उनीहरुले  दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुने  र रुबेला पनि भाइरस [रुवेला भाईरस ]कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग भएको बताए  । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने  भन्दै  बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्ने बताए  । बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण  भएको र रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्ने बताए ।

उनीहरुले नेपाल अधिराज्य भरि दादुरा र रुबेला खोप अभियान चलिरहेको ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाउन लागेको उनले दादुरा रुबेला निवारण गर्नको लागि नेपाल सरकारले अगाडी सारेको र नेपाल अधिराज्य भरिमा दुइ चरणमा काम गरिरहेको  तीन वटा प्रदेशमा त्यो काम शुरु भइसकेको र जुन जुन नामकरण भैसकेका प्रदेशमा चैत्र १ गते बाट शुरु गर्न लागेको पनि जानकारी गराइएको थियो ।

उनले प्रदेश बाट हुने जिल्लाका फोकल पर्सनहरुलाई कार्यलय प्रमुख हरुलाई टट कार्यक्रम सकिसकेको र जिल्लाले गर्ने संयोजकहरु र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई पनि दुइ दिनको अभिमुखीकरण सम्पन्न गरिसकेको जानकारी गराउदै अब तेस्रो चरणमा आइसके पछि स्वयं सेवकहरु र खोप दिने खोप कार्यकर्ताहरु तालिम गर्ने क्रममा गोकर्णेश्वर नगरपालिका आइपुगेको जानकारी गराए।उनले दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन घरमा निम्ता कार्ड, स्थानीय रेडियो, पत्रपत्रिका तथा प्रचारप्रसारलाई तीव्र बनाइने पनि बताए।

‘पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुबेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुन्छ । थप मात्रा दिँदा यो खोप लगाउनुको पहिलो उद्देश्य सतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो’, उनले भने, ‘जुन बालबालिकाले यो खोप लगाउदैनन् । त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन् ।’  यो सरुवा रोग भएको र खोक्दा, हाँछ्यु र हावाको माध्यमबाट यो सर्ने गर्दछ । दादुरा रुबेला एक भाइरसको माध्यमबाट सरुवा हुने गर्दछ भने यसका मुख्य लक्षणमा ज्वरो आउने, शरीरभरि बिमिरा देखा पर्ने, आँखा रातो हुने, नाकबाट पानी आउने गर्दछ । बालबालिकाका अकाल मृत्युबाट बचाउन खोप अभियान पूर्ण सफल बनाउने सबै लाग्नु पर्ने पनि बताए ।

दादुरा रुबेला खोप अन्य खोप जस्तै सुरक्षित र प्रभावकारी रहेको जानकारी गराउदै दादुरा रुबेला खोप लगायत अन्य खोपहरु विश्व स्वास्थ्य संघठनबाट गुणस्तरीय भएको प्रमाणीकरण भइ नेपालको रास्ट्रीय नियमन निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भएपछि मात्र उपलब्ध हुने बताए उनले नेपाल सरकारबाट निशुल्क उपलब्ध हुने यी खोपहरु  सुरक्षित र गुणस्तरीय र प्रभाबकारी रहेको बताए। उनले खोपकै  कारण हाल दादुरा रुबेलाका रोगीहरुको संख्यामा उलेख्य कमि आउनुको साथै बाल मृत्युदर समेत उल्लेखनीय रुपमा घटेको जानकारी गराए ।

नेपालमा नियमित खोप मार्फत यो खोप बालबालिकालाई पहिलो मात्रा ९ महिना पुगेपछि र दोस्रो मात्र १५ महिना पुगेपछि जम्मा दुइ मात्र पुरा गराउनै पर्ने र यदि कुनै कारण बश बालबालिकालाइ कुनै मात्र खोप लगाउन छुटेको भएमा जति सक्दो चाडै २४ महिना भित्रमा खोप पुरा गराउन पर्ने यदी बालबालिका ९ र १५ महिनामा नियमित दादुरा रुबेला खोपको २ मात्र खोप र साथै अभियानमा दिने खोप पुरा गराएमा लामो समय सम्म /जीवनभर पनि दादुरा रुबेला रोग बाट सुरक्षित हुने बताए।

उनले दादुरा रुबेलाको खोप लगाएको भए पनि अभियानको बेलामा दादुरा रुबेला खोपको थप १ मात्र नछुटाई लगाउनु पर्ने बताए ।उनले सबैलाई पायक पर्ने स्थान स्वास्थ्य संस्था /वडा भित्रका खोप केन्द्रमा गइ खोप लगाउनुपर्ने बताए। उनले अभियानमा दिइएको दादुरा रुबेला खोप थप मात्र भएको हुँदा यो अभियानमा खोप लगायता पनि नियमित खोपमा उपलब्ध हुने दादुरा रुबेला खोप लगायत ११ वटा रोगको बिरुद्दका खोपहरु १५ महिना सम्मका तालिका अनुसार अनिवार्य लगाउने पर्ने बताए। उनले केहि गरि नियमित खोप छुटी हाले पनि सके सम छिटो २४ महिना भित्र पुरा गर्नु पर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।