चोरी भएको स्कुटर २१ घण्टा भित्र बरामद गर्न किर्तिपुर प्रहरी सफल

चोरी भएको  स्कुटर २१ घण्टा भित्र बरामद गर्न किर्तिपुर प्रहरी  सफल

कपन अनलाइन 

काठमाडौं फागुन २३ ।चोरी गरेर पार्किङ गरि राखिएको अवस्थामा चोभारबाट स्कुटर  बरामद गरिएको छ। २१ गते बुधबार राती १० बजे टौदहस्थित घरमा पार्किङ गरेर राखेको बा ७६ प ७९८ नम्बरको स्कुटर चोरी भएको थियो।उक्त स्कुटर किर्तिपुरका प्रहरी जवान केशर महताराले बिहीबार साझ ७ बजे २१ घण्टाभित्र चोभारबाट घरभित्र पार्किङ गरिएको अवस्थामा बरामद गरेका हुन्। सो स्कुटर ३ जना मिलि चोरेर आफू बस्ने घरमा राखिएको थियो।

प्रहरी जवान महताराले हालसम्म कीर्तिपुरबाट मात्रै ६७ वटा चोरीका बाइकहरु समातिसकेका छन्। त्यसैगरी उनले ब्राउन सुगर, १केजि चरेस समेत बरामद गरिसकेका छन्। साथै उनले गोप्य सूचनाको आधारमा किर्तिपुरको वडा न. ४ सल्यानथानमा १० हजार लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेका छन् ।

किर्तिपुर बासीहरुबाट हौसला पाएका उनले दुई महिनाको छोटो समयमा नै अनेकौं उपलब्धि हासिल गरिसकेका छन्। किर्तिपुरका प्रहरी प्रमुख डिएसपी छेदिलाल कामतीले समेत उनको कार्यको प्रशंसा गरेका छन्।यस्ता उपलब्धि कै कारण उनी किर्तिपुर नगर मै चर्चामा छन्। विशेषतः उनको काम गर्ने शैली र अहोरात्र खटाइका कारण उनले सफलता हात पारेका हुन्। महताराको कार्यमा नगरबासी खुशी हुँदै सबैले साथ दिएका छन्।फोटो सौजन्य: सुर्य बुढाथोकी समाचार साभार दियालो पोष्ट

तपाइँको प्रतिक्रिया ।