प्याब्सन काठमाण्डौको अध्यक्षमा नवराज भट्ट, को को बने पदाधिकारी तथा सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ ,पुस २९।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) काठमाण्डौ जिल्ला समितिको १६ औ अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ।
पौष २७ र २८ गते काठमाण्डौको अनुपम फुड ल्याण्डमा भएको सो अधिवेसनले नवराज भट्टको अध्यक्षतामा काठमाण्डौ जिल्ला समिती निर्वाचित गरेको हो।
सो अधिवेसनबाट जिल्ला समितीको बरिष्ठ उपाध्यक्षमा सुदर्शन थापा निर्वाचित भएका छन भने उपाध्यक्षमा आर बि अधिकारी,धन बहादुर पुन र इशु गुरुङ निर्वाचित भएका छन।
त्यस्तै प्याव्सन काठमाण्डौको सचिवमा कृष्ण भण्डारी निर्वाचित भएको उक्त अधिवेसनबाट कोषाध्यक्षमा डी एन अधिकारी र सह सचिवमा शिव प्रसाद अर्याल,सौर्यनाथ आचार्य ,दिनेश कुमार पाण्डे र नारायण रोक्का तथा सह कोषाध्यक्षमा गोविन्द बहादुर थापा क्षेत्री निर्वाचित भएका छन।
त्यसै सो १६ औ अधिवेसनबाट काठमाण्डौ जिल्ला समितिको सदस्यहरुमा भूगोल तर्फ मुकुन्द प्रसाद पाण्डे,कमल प्रसाद ज्ञवाली ,नारायण गौतम,नवराज सापकोटा,रविन्द्र राज मिश्र,प्रकाश गौतम,प्रदिप श्रेष्ठ,गोविन्द पंगेनी र जेबी दवाडी निर्वाचित भएका छन भने खुल्ला तर्फ अनिल कुमार सुब्बा ,सुशील प्रसाई ,जयराम चापागाई,बिष्णु प्रसाद अर्याल ,बिष्णु प्रसाद धिताल,राज कुमारी श्रेष्ठ,विकास महर्जन ,सुबन्ध राज रेग्मी,सुरज पोखरेल,मोहना मोथे खनाल,उमा थापा श्रेष्ठ,राजेन्द्र अधिकारी,खिमलाल पौडेल र निराजन सेडाई निर्वाचित भएका छन।