नव अरुणिमा माबी आरुबारीमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ बिध्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं फागुन २१। गोकर्णेश्वर नगरपालिका वडा नं ९को संयोजनमा वडा भित्र संचालित माध्यमिक बिध्यालयका बिद्यार्थीहरु भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने मूल उदेश्यका साथ बिभिन्न अतिरिक्त क्रियाकलापहरु जारि रहेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ भित्र संचालित ६ वटा माध्यमिक बिद्यालयहरु बीच आपसी सदभाब मेलमिलाप र भाइचाराको समबन्ध स्थापित होस् भन्ने उदेश्यका साथ् निबन्ध लेखन वक्तृत्वकला हाजिरी जवाफ, कविता लेखन तथा बाचन र चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । जस अन्तर्गत फागुन २० गते नव अरुणिमा आरुबारीमा हाजिरी जवाफ गरिएको थियो ।प्रतियोगिताआयोजकको रुपमा नव अरुणिमा रहेको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय राज आचार्य शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल वडा सद्य एबम कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा, वडा सदस्य हरिकृष्ण कारंजित ,दलित महिला वडा सदस्य गमला परियार, गोकर्णेश्वर नगरपालिका वडा नं ९ प्रशासन प्रमुख सरला नेपाल , वडा सचिब संगीता बराल, नव अरुणिमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक बिभिन्न सहभागी बिध्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि लगायत प्रतियोगितामा सहभागी प्रतियोगी बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता नव अरुणिमा स्कुलका प्रिन्सिपल अर्जुन दंगालले गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ कि वडा सदस्य एबम कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन्। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय राज आचार्यले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । उनले प्रतियोगिताबाट विद्यार्थीहरुको ज्ञान स्तरको बढ्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले शैक्षिक ज्ञान र शिप विकास को साथ साथै अतिरिक्त क्रियाकलापको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी बिच एकता, सहकार्य र भाईचारा अभिबृद्दी गराउनु को साथै वडा भित्र रहेका शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे ।
उनले सामुदायिक बिद्यालय र संस्थागत बिध्यालयका बिद्यार्थीहरु बिच सकरात्मक भातृत्वको भावना बृद्धि गर्न, बालबालिकाहरुको बौद्धिक क्षमता अभिबृद्धी गर्न, स्वच्छ र सकरात्मक प्रतिष्प्रर्धात्मक व्यहावहारको उजागर गर्न, बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न यस्ता प्रतियोगिताले सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे । उनले नियमित अध्ययनसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको माध्यमले सृजनशील बनाउने भन्दैआगामि दिनमा पनि वडाले बिद्यालयमा यस्तै शैक्षिक र रचनात्मक कार्यक्रम संचालन गर्ने पनि बताए।
सभाध्यक्षको आसन बाट बोल्दै नव अरुणिमाका प्रिन्सिपल अर्जुन दंगालले उपस्थित सबैलाई धन्यबाद दिदै यस्ता प्रकारका कार्यक्रमले बिद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्नको लागि सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।एउटा सामुदायिक र ४ वटा संस्थागत बिद्यालय गरि ५ वटा बिध्यालयले सहभागिता जनाएको सो प्रतियोगिता प्रतियोगितामा ६ चरणमा खेलाइएको थियो ।
प्रतियोगितामा जीवन तारा एकेडमी, बाल सिर्जनालय, अरुणोदय माबी, नव अरुणिमा र ग्रिनतारा चाइल्ड हेभन स्कुल सहभागी रहेका थिए ।उक्त प्रतियोगितामा नव अरुणिमाले १९५ अंकका साथ् प्रथम स्थान हासिल गर्यो भने जिवन तारा एकडेमीले १४५ अंकका साथ दितीय र ग्रिन तारा चाइल्ड हेभन स्कुलले १३५ अंक ल्याउदै तृतीय स्थान हासिल गरेको छ ।प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाई वडाले बिशेष समारोहका बीच पुरस्कृत गर्ने भएको छ ।