जीवन तारा एकेडेमी गोकर्णेश्वर ९ मा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

जीवन तारा एकेडेमी गोकर्णेश्वर ९ मा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन २१। गोकर्णेश्वर नगरपालिका वडा नं ९को संयोजनमा वडा  भित्र संचालित माध्यमिक बिध्यालयका बिद्यार्थीहरु भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने मूल उदेश्यका साथ बिभिन्न अतिरिक्त क्रियाकलापहरु जारि रहेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ भित्र संचालित ६ वटा माध्यमिक बिद्यालयहरु बीच आपसी सदभाब मेलमिलाप र भाइचाराको समबन्ध स्थापित होस् भन्ने उदेश्यका साथ्  निबन्ध लेखन, वक्तृत्वकला हाजिरी जवाफ, कविता लेखन तथा बाचन र चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । जस अन्तर्गत फागुन १८ गते जीवन तारा एकेडेमीमा निबन्ध लेखन प्रतियोगिता सहित कार्यक्रमको उद्घाटन  गरिएको थियो । उक्त प्रतियोगिताको आयोजकको रुपमा जीवन तारा एकेडेमी रहेको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय राज आचार्य शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल वडा सद्य एबम कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा वडा सदस्य हरिकृष्ण कारंजित ,दलित महिला वडा सदस्य गमला परियार, गोकर्णेश्वर नगरपालिका वडा नं ९ प्रशासन प्रमुख सरला नेपाल , वडा सचिब संगीता बराल, जीवन तारा एकेडेमीका शिक्षक बिभिन्न सहभागी बिध्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि लगायत प्रतियोगितामा सहभागी प्रतियोगी बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता जीवन तारा एकेडेमीका प्रिन्सिपल अमर गिरिले गरेका थिए भने कार्यक्रम संचालन जीवन तारा एकेडेमीका भाइस प्रिन्सिपल नबराज सापकोटाले गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय राज आचार्यले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले शैक्षिक ज्ञान र शिप विकास को साथ साथै अतिरिक्त क्रियाकलापको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी बिच एकता, सहकार्य र  भाईचारा अभिबृद्दी गराउनु को साथै वडा भित्र रहेका शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर  कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे ।

उनले आगामि दिनमा पनि वडाले  बिद्यालयमा यस्तै शैक्षिक र रचनात्मक कार्यक्रम संचालन गर्ने  पनि बताए।एउटा सामुदायिक र ४ वटा संस्थागत बिद्यालयका गरि १० जना बिद्यार्थीहरुले उक्त निबन्ध लेखन प्रतियोगितामा सहभगिता जनाएका थिए। प्रतियोगिहरुले दाइजो प्रथाको बिकृति शिर्षकमा निबन्ध लेखेका थिए ।सभाध्यक्षको आसन बाट बोल्दै जीवन तारा एकेडेमीका प्रिन्सिपल अमर गिरिले उपस्थित सबैलाई धन्यबाद दिदै यस्ता प्रकारका कार्यक्रमले बिद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्नको लागि सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

प्रतियोगिताको निर्णायकको रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय राज आचार्य र टेकेन्द्र ढकाल रहेका थिए।प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाई वडाले बिशेष समारोहका बीच पुरस्कृत गर्ने भएको छ ।त्यसै गरि फागुन १९ गते अरुणोदय माध्यमिक बिध्यालय आरुबारीमा वक्तृत्वकला कार्यक्रम समेत सम्पन्न भएको छ ।

तपाइँको प्रतिक्रिया ।